सहबान अन्सारी ,नवलपरासी । नवलपरासीमा ३ लाख ५० हजार मुल्य बराबरको अबैध कुखुराको चल्ला सशस्त्र प्रहरी द्वारा नष्ट गरिएको छ ।
बुधवार प्रतापपुर गाउँपालिका वडा नं. ७ सुर्यपुरा स्थित भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेकाे ३५०० गाेटा काेइलर कुखुराकाे चल्ला सशस्त्र प्रहरी निरिक्षक सन्ताेष खरेलकाे नेतृत्वमा खटिएकाे माेबाइल गस्ति टोलीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीको टोलीलाई देखे पछि उक्त चल्लाहरु मानिसहरु छाेडेर भागेकाेले बेवारिस अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीबल नेपाल न.२६ गण नवलपरासीका सुचना अधिकारी माधब रेग्मीले बताए ।

नियन्त्रणमा लिएको चल्लाहरु जिल्ला पशु क्वारान्टाइन नवलपरासी काे पशु चिकित्सक शाेभाखर ज्ञवाली र स्थानिय प्रतिनिधिकाे रोहबरमा नष्ट गरिएकाे बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर