
कलैया । बारा प्रहरीले लागू औषध मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराबाट भदौ ८ गते खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका वडा नं.१ बस्ने ५५ वर्षीय पन्नालाल साह तेली रहेका छन् ।
जिल्ला अदालत बाराको २०७५ साल वैशाख २४ गतेको फैसला आदेशले २ वर्ष कैद १५ हजार जरिवाना ठहर भई फरार रहेका तेली लाई लुकिछिपी बसेको अवस्थामा खोजतलास गरि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको प्रहरी ले जनाएको छ ।