
कलैया । भन्सार छली का खुद्रा सामान तथा हाडवेयर सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० का सुन बहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।
वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर स्थित ना.६ ख १३७ नम्बरको मालवाहक ट्रकमा खुद्रा तथा हार्डवेयर लगायतका मालबस्तुहरू भन्सार छली गरी रूपन्देही तर्फ लाँदै गरेको सूचना को आधारमा खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ट्रक भित्र विलबिजक भन्दा बढी किराना तथा हार्डवेयर सामानहरू बरामद गरेको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सामान तथा ट्रकको ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।