कलैया । जनकपुरधाम उपमहानगरपालिका का वडाअध्यक्ष र सदस्यहरु आन्दोलनमा उत्रिएका छन्। ऊनीहरुले उपमहानगरको मूल गेट तथा मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका हुन ।
पटक-पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको वडा अध्यक्षहरु बताउँछन । तालाबन्दी पश्चात् वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंह, वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहसहितकाले तालाबन्दी गरी धर्ना दिएका हुन् ।
वडा अध्यक्ष साहका अनुसार १२ बजेसम्म नगरपालिकाको मूलगेटमा तालाबन्दी गरी धर्ना दिने र मेयरको कार्यकक्षमा ताला यथावत रहनेछ । यसपछि आन्दोलनको अर्को कार्यक्रम सोमबारै साँझ बसेर तय गरिने छ ।
सरसफाई सम्बन्धी कुरा गर्न नगरपालिका जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई सरसफाई कर्मचारीले दुर्व्यवहार समेत गरेको साहले बताउनु भयो ।