कलैया । बाराको सदरमुकाम कलैया मा माघ १५ गते खुल्ला दौड प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )निकट अखिल नेपाल खेलकुद महासंघ कलैया नगर कमिटीले दौड प्रतियोगिता गर्ने भएको हो ।

उक्त महासंघको मंगलवार बसेको बैठकले सदरमुकाम कलैया स्थित भरत चौकमा दौड प्रतियोगिता गर्ने निर्णय गरेको हो । दौड प्रतियोगितामा ५० जना सहभागी हुने जनाइएको छ । उक्त प्रतियोगिता मा भाग लिन १०० रुपैया लाग्ने अखिल नेपाल खेलकुद महासंघ कलैया नगर कमिटीका अध्यक्ष रियाजुल इस्लाम ले बताउनु भयो ।

मंगलवार भएको बैठकमा कलैया उपमहानगरपालिका( माओवादी केन्द्र ) अध्यक्ष मुकेश साह , उपाध्यक्ष रमेश साह , बिजय चौधरी ,रोमन राम,धर्मराज कुश्वाहा,मंजु पटेल,रामअवतार चौधरी ,अजमल अंसारि,राम प्रबेस राम,बिजय गुप्ता लगायतको उपस्थिति रहेको थियो।

दौड प्रतियोगिता तयारी बैठकको अध्यक्षता रियाजुल इस्लाम गरेका थिए भने कार्यक्रम संचालन अखिल नेपाल खेलकुद महासंघ कलैया सचिव फिरोज कुमार साहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर