कलैया । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गरेर अर्को कानुन ल्याउने तयारी गरेको छ ।
हालको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयकको मस्यौदा शिक्षा मन्त्रालयले तयार गरेको छ ।