कलैया । महोत्तरी बाट नक्कली नोट सहित दुई जना पक्राउ परेका छन् । सोमबार महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ मलिवारास्थित भिठ्ठामोड जलेश्वर सडक खण्डबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपाल तर्फ आउदै गरेको बा २१ च ६७६१ नम्बरको कारलाई शंकाको आधारमा चेकजाँच गर्दा उनिहरुको साथ बाट नेपाली एक हजार रुपैयाँ दरको नोट र पछाडी पट्टीपनि नेपाली एक हजारको नोट, एक हजार नोटको साईजको कटिङग गरेको ५ व्याण्डल पेपर ४ सय ५६ थान, ५ सयको दरको नोट लगायतको नक्कली नोट र कागजात अत्यधिक मात्रामा बरामद भएको हो ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा बन्बर १ बस्ने २३ वर्षीय असरफ मोहम्द र जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर ६ बस्ने वर्ष २६ का जाहिद रेजा रहेका छन् ।

पक्राउ परेका दुबै जना लाई जिल्ला अदालत जलेश्वरबाट मुद्रा सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर