कलैया । राष्ट्रिय सभाको मधेस प्रदेश बाट दुई सदस्य चयनका लागि निर्वाचन सम्पन्न भएर अहिले मतगणना जारी छ । बुधबार प्रदेश को राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म भएको निर्वाचनमा ६ जनाले मत नखसालेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । कुल मतदाता ३७२ जना रहेकोमा ३ सय ६६ जनाले मतदान गरेका छन् ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर