
काठमाडौँ । सरकारसँग अनुमति नलिई आफूखुसी क्यालेण्डर निकाले कारबाही हुने भएको छ ।क्यालेण्डर तथा पात्रोको नियमन गर्ने अधिकार पाएको पञ्चांग निर्णायक विकास समितिले स्वीकृति नलिई २०७९ सालको लागि बजारमा क्यालेण्डर बिक्रि बितरण गरे कार्वाही गर्ने जनाएको छ । बजारमा आफूखुसी क्यालेण्डर छापेर बेच्दा सार्वजनिक बिदा र अन्य सूचनामा समेत एकरुपता आउन छाडेपछि यसमा कडाइ गर्न लागिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले बताए । पञ्चांग निर्णायक विकास समिति गठन आदेश, २०७७ ले दिएको अधिकार प्रयोग गरी क्यालेण्डरमाथि कडाइ गरिएको उनले बताए । बजारमा स्वीकृति विपरीतका क्यालेण्डर भेटिए जफत गर्ने र मन्त्रालयको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाउन लागिएको ढुंगेलले जानकारी दिए ।