साजिर मन्सूर,कलैया । नेपाल सरकार गृह मन्त्रालय रास्ट्रीय परिचय पत्र तथा पञ्जिकरण बिभाग द्वारा कलैयामा समाजिक सुरक्षा कार्यक्रम को प्रभावकारितामा सरकार र नागरिकको भुमिका बिषयमा जिल्ला स्तरिय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा बिभागले बिधुतिय प्रणाली मार्फत सबै नागरिकको सहि पहिचानको अभिलेखिकरण गरि राज्यबाट उपलब्ध हुने सेवा सुबिधा र बिकास निर्माणमा आबद्ध गर्दै सुशासन प्रवर्द्धनमा सघाउ पुर्याउने बिभागको दूर दृष्टि रहेको महानिर्देशक तिर्थराज भट्टराईले बताए ।
भट्टराईले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट वितरण भैरहेको सामाजिक सुरक्षा भत्ता “सामाजिक सहयोग” अन्तर्गत “नगद प्रवाह” कार्यक्रम भएको बताए। लाभग्राहीले यस्तो भत्ता रकम बुझेकोमा कुनै पनि दायित्व बहन गर्नु नपर्ने भएकाले यो निःशर्त अनुदानको रुपमा रहेको बताउदै यस किसिमबाट प्रदान गरिंदै आएको सामाजिक सुरक्षा भत्ता देशैभरिका विभिन्न वर्गका लाभग्राही समूहहरुलाई धनी–गरीब, विशेष क्षेत्र आदिमा लक्षित नगरी समान रुपमा लागू गरिएकोले यो बढी सर्वव्यापी (Universal) प्रकृतिको भएको बताए ।
महानिर्देशक भट्टराईले बालपोषण भत्ता भने आंशिक रुपमा गरिब लक्षित(Poverty targeting) गर्न खोजिएको उल्लेख गरे । हाल नेपाल सरकारले देशभर मुख्य सातवटा लक्षित समुहहरुलाई विभिन्न दरमा भत्ता वितरण गरिरहेको जसमा बृद्ध, दलित, अपाङ्ग, लोपोन्मुख, विधवा, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिका जस्ता उच्च जोखिममा रहनसक्ने समुह प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम भएकोले यो नेपाल सरकारको अत्यन्त लोकप्रिय कार्यक्रम पनि भएको बताए ।
उक्त अवसरमा उपस्थितहरुले समाजिक भत्ता लिनेलाई दोश्रो दर्जाको नागरिकको जस्तो बैंकमा ब्यवहार हुने गरेको,नागरिकता पाउन र रास्ट्रीय परिचयपत्र पाउन झन्झटिलो रहेको बताए । यस्तै पालिका स्तरमा भत्ता बितरणकान्लागी घुम्ती बैंक ब्यवस्थापन हुनुपर्ने,ज्येष्ठ नागरिकको सम्मान हुनुपर्ने,कार्यालयहरुमा बस्ने ब्यवस्थापन गर्नुपर्ने,यो कार्यक्रम गाउँ गाउम हुनुपर्ने,प्रत्येक बर्ष नवीकरण गर्न्दा झन्झटिलो रहेको,बैंकहरुले पुरानो फाटेको नोट दिने गरेको जस्ता गुनासा उठेको थियो । ब्यक्तिगत घटना दर्तामा शुल्क किन लगाईएको भन्ने प्रश्न समेत तेर्सायाईएको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा २ सयको हाराहारिमा सहभागी मध्ये उठेका बिभाग सङ्ग सम्बन्धित जिज्ञासा गुनासो का बारेमा बिभागका महा निर्देशक भट्टराईले स्पस्ट गरेका थिए भने प्रशासन तथा नागरिकताका सवालमा उठेका सवालका बारेमा प्रजिअ कृष्ण बहादुर कटुवालले र पालिका सङ्ग सम्बन्धित प्रशनको जवाफ पालिका प्रमुखले दिएका थिए ।
कार्यक्रमको उदेश्य तथा कार्यक्रम सम्बन्धि प्रस्तुति बिभागका निर्देशक सागर मणि पाठकले गरेका थिए ।
बिभागका महानिर्देशक भट्टराईको अध्यक्षता तथा जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गृह मन्त्रालय का सह सचिव भीष्म कुमार भुशाल,जिल्लाका विभिन्न पालिकाका प्रमुख उप प्रमुख,सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधिहरु,नागरिक समाजका प्रतिनिधि,सन्चारकर्मी,लाभग्राहिहरु,तथा सम्बन्धित शाखाका कर्मचारी तथा वडा सचिवहरुको उपस्थिति रहेको रास्ट्रीय परिचय पत्र तथा पञ्जिकरण बिभागको कम्युनिकेशन अफिसर सरस्वती भट्टराईले जानकारी गराईन ।