साजिर मन्सूर
कलैया,असोज १३
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएसन बाराको जिल्ला भेला सम्पन्न भएको छ । नेपाल लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैया शाखाको सभा हलमा आयोजित जिल्ला भेलाले सर्वसम्मत रुपमा एशोसिएशनको जिल्ला समन्वय समितिको अध्यक्षमा लेखापढी कानुन ब्यवसायी एसोसिएसन कलैयाका अध्यक्ष पदका प्रत्यासी समेत रहेका एसोसिएसनको बरिस्ठ सल्लाहकार पन्नालाल कुश्वाहा सर्वसम्मत रुपले चयन भएका छन । उपाध्यक्षमा सिमरा शाखा पछि तोक्ने ,सचिवमा आनन्द पटेल,सह सचिव अब्बास अन्सारी सिमरौनगढ,कोषाध्यक्ष अछेलाल यादव,सह कोषाध्यक्ष अब्बास अन्सारी कलैया,सदस्यमा अजय यादव सिमरा,जोखु यादव कलैया,रामपुकार साह कलैया,अजय साह कलवार सिमरौनगढ,सिमरा शाखा पछि तोक्ने,सुरेन्द्र यादव कलैया,दिगम्बर सिंह कलैया रहेका छन ।
यस अघि भएको एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथी जिल्ला मालपोत कार्यालय बाराको प्रमुख मालपोत अधिकृत राजेश गिरिले लेखापढी ब्यवसायी पुर्ण रुपमा ईमान्दार भएर जनताको काम गर्नुपर्ने बताए । गिरिले आफू पनि मालपोत कार्यालयमा नया भएकोले तपाईहरु सङ्ग सिक्ने र आफुले जानेको सिकाउन आएको बताए । मुस्कान सहितको सेवा प्रवाह मेरो प्रथम चाहना भएको बताएका छन । नमिल्ने काम तपाईहरु नलिन आग्रह गर्दै गिरिले सेवाग्राहीलाई सम्झाएर पठाउन निर्देशन दिए । प्रमुख अतिथि गिरिले जिल्ला समन्वय समितिको कार्यसमिति सर्वसम्मत रुपमा चयन गर्न सुझाव दिदै कार्यक्रम को सफलताको कामना गरेका थिए ।
कार्यक्रममा बोल्दै नव निर्वाचित एशोसिएशनका समन्वय समिती का अध्यक्ष पन्नालाल कुश्वाहाले जिम्मेवारी दिएकामा सबैलाई हार्दिक आभार ब्यक्त गर्दै जिम्मेवारी लाई पुर्ण ईमान्दार भएर काम गर्ने बताए । कुश्वाहाले आम जनताको मालपोत बिषयको हरेक समस्या समाधानमा आफ्नो भुमिका खेल्ने र बारा भित्रको तीन ईकाई (कलैया-सिमरौनगढ-सिमरा) बिच पुलको काम गर्दै सबैमा समन्वय सहजीकरणका लागि हर बखत लाग्ने बताएका छन ।
कार्यक्रममा बोल्दै कलैया शाखा अध्यक्ष बृजकिशोर यादवले एतिहासिक रुपमा प्रथम समन्वय समितिको पदाधिकारीमा सबैलाई मिलाएर अगाडी बढिरहेको र जनताको सुलभ सेवा प्रवाहमा सबैको हातेमालो रहने बताए ।
सभापतित्व मधेस प्रदेश समिती सदस्य जितनारायण पटेलको सभापतित्व एवम जिल्ला मालपोत कार्यालय बाराको प्रमुख मालपोत अधिकृत राजेश गिरिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया शाखाका अध्यक्ष बृजकिशोर यादव,सिमरा शाखाका अध्यक्ष पवन पोखरेल,सिमरौनगढ शाखाका अध्यक्ष रामलाल यादव,कलैया शाखाका पुर्व अध्यक्ष दुर्गा साह कानु,पुर्व अध्यक्ष लक्षमण साह कानु,सत्यनारायण कुश्वाहा,कलैया उपमहानगरपालिकाका रामजी मण्डल,जसपा नेता कमलेश मन्डल,हरि जयस्वाल,ईश्वर साह कानु,घनश्याम साह,बिनोद महतो,शिव पुजन ठाकिर,दिनेश पटेल,प्रमानन्द पटेल,बिटन साह कानु,केशव यादव,उपेन्द्र पास्वान लगायत लेखापढी ब्यवसायीहरुको उपस्थिति रहेको थियो ।
लेखापढी कानुन ब्यवसायी एशोसिएशन कलैयाका सचिव दिनेश पटेलले स्वागत गरेको कार्यक्रममा सन्चालन बिरेन्द्र यादवले गरेका थिए ।







