साजिर मन्सूर
कलैया,पुष २४

बारा सदरमुकाम कलैयामा सामुदायिक सिकाई केन्द्रहरुलाई क्षमता अभिबृद्दी गर्न दुई दिने तालिम शुरु भएको छ । कलैया स्थित करण राज प्यालेशमा तालिम शुरु भएको हो । तालिममा बाराको ७ पालिकाको २६ जना सामुदायिक सिकाई केंद्रका अध्यक्ष तथा परिचालिकालाई सहभागी गराईएको आयोजक संस्थाका शिक्षा अधिकृत रामप्रबेश यादवले जानकारी गराएका छन ।
नेपालमा रहेका तीन प्रकारका शिक्षा प्रणाली मध्ये अनौपचारिक शिक्षा अन्तरगत रहेको सामुदायिक सिकाई केन्द्रको महत्वपूर्ण भुमिका रहदै आएको बताउदै सामुदायिक सिकाई केन्द्रले शिक्षा को पहुचबाट टाढा रहेका महिला बालबालिका सिमान्त्रकृत तथा प्रौढहरुलाई शिक्षामा समावेश गराई उनिहरुलाई राज्यको मुल धारमा ल्याउने रहेको आस्मान नेपालका प्राबिधिक सम्योजक अजय यादवले जानकारी गराए । यादवले बारामा रहेका सिकाई केंद्र मध्ये केही मात्र उदेश्य अनुरुप कार्य गरिरहेकोले सबैलाई उदेश्य प्राप्तिका निमित योग्य र सछ्म बनाउने तथा सिकाई केन्द्रको उदेश्य नीति नियम र अवधारणाले सहि तरिकाले सन्चालनमा ल्याउन यस तालिमले सहयोग पुग्ने जनाएका छन ।

शिक्षा बिकास समन्वय ईकाई बारा का प्रमुख श्याम किशोर प्रसादले उदघाटन गरेको तालिममा आस्मान नेपालका जिल्ला संयोजक रामसुरेश ठाकुर,शिक्षा तालिम केन्द्र बाराका प्रमुख ठुलोबाबु दहाल लगायतकाको उपस्थिति रहेको थियो ।
दुई दिने तालिममा सहजीकरण राजन भन्डारीले गर्ने संस्थाले जनाएको छ ।
आस्मान नेपाल / समाजिक संस्था जिल्ला समन्वय समिती पिपुल ईन निड नेपालको आयोजनामा तालिम शुरु भएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर