साजिर मन्सूर
कलैया,असार १९
रक्तदान जीवन दान भन्ने नारा सहित करैयामाई गाउपालिका -१, मधुवन बजार, बारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज बिहान १०:०० बजे देखि २ः बजे सम्म भएको रक्तदानमा २२ पुरुष र ३ महिला सहित २५ जनाले रक्तदान गरेको आयोजकः श्री नेपाल रेडक्रस सोसाईटी बौद्धिमाई उपशाखा करैयामाई-६, सहजौली, बाराका सभापति रामबाबु यादवले जनाएका छन । करैयामाई गाउँपालिकाको कार्यालय करैया, बाराको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो । ब्लड बैंक कलैयाको तर्फबाट प्रादेशिक अस्पताल कलैयाका ल्याब ईन्चार्ज शेख फुलमहमद सङ्गै ल्याब असिस्टेन्ट कृष्ण यादवले प्राबिधिक कार्य गरेका थिए ।







