बारा १२ माघ
राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवानले छुवाछुत ऐन कार्यन्वयन नहुदा समाजमा अहिले पनि दलित समुदायका ब्यतिmहरु छुवाछुतको शिकार बन्न बाध्य भईरहेको बताएका छन ।
बाराको कलैयामा पासवान समुदायको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका पासवानले समानुपाति सहभागितामा मात्र नभई राजनितिक लगायत राज्यको सबै अंगमा ठाँउ र प्रतिशत समेत तोकी समुचित आरक्षणको ब्यवस्था गनुपर्ने कुरामा जोड दिएका थिए ।
संविधानमा जातिय छुवाछुत ऐन उल्लेख गरिएपनि स्थानिय स्तरमा सो ऐन कार्यन्वयन हुन नसक्दा अहिले पनि दलित समुदायका ब्यतिmहरु छुवाछुतको सिमना गर्नु परेको पासवानले बताए ।
स्थानिय सरकारलाई स्थानिय स्तरमा दवाव सृजना गर्न खाचो रहेको भन्दै राष्ट्रियसभा सदस्य पासवानले दलित समुदायहरु एकताको शुत्रमा बाध्न जरुरी रहेको जानकारी दिए ।
अहिलेपनि देशका ठुला पार्टीका नेताहरुले दलितहरुलाई भोट बैकको रुपमा प्रयोग गर्ने गरेको बताउदै कसैको भोट बैक नबनी आफनो अधिकारका लागि लडाई लडन गर्नु जरुरी रहेको पासवानको कथन रहेको थियो ।
राजा सलेश पासवानहरुको पुर्वज भएको स्मरण गर्दै पासवानले सलेशलाई अव भगवानको दर्जा दिनुपर्ने सुझाव समेत ब्यतm गरेका थिए । मर्यादा पुरुसोतम राजा रामचन्द्रलाई हिन्दु सनातनीहरुले भगवान मान्न हुने ? हामी दलित समुदायले आफनो कुल देवता सलेशका राजालाई भगवान किन नमान्ने प्रशन समेत गरेका थिए ?
सोही कार्यक्रमलाई सम्बाधेन गर्दै नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य सिकेन्द्र पासवानले कोही कसैको दयाले उत्पीडित जातिको मुक्ति सम्भव नहुने बताउदैे उत्पीडित वर्ग, समुदाय नै अन्तिमसम्म क्रान्तिकारी बनिरहन सम्भव रहेको दाबी गर्दै आफ्नो मुक्तिका निम्ति उत्पीडित वर्ग समुदायले फेरी पनि कडा मेहेनत गर्नु पर्दछ उनले भने ।

कसैको दयाले मुक्ति सम्भव हुदैन, लडेर, खोसेर अधिकार लिनु पर्छ,उत्पीडित वर्ग समुदायहरु एकताबद्ध हुदै ध्रुवीकरण हुदैे संघर्षमा जुट्नु पर्छ अनि मात्र दलित समुदायको भलो हुनछ केस पासवानको भनाई रहेको थियो । दलित समुदायको परिवर्तनका लागि मुख्य शिक्षा रहेको बताउदै शिक्षामा जोड दिन सबैलाई सो अवश्रमा आग्रह समेत गरेका थिए ।

बाराको कलैया स्थित दास गेस्ट हाउसमा शनिवार बसेको भेलाले पासवान समुदायलाई संगठित गर्नको लागि नेपाल पासवान कल्याण समाज गठन गरिएको छ।

रामशरण पासवानको अध्यक्षता बसेको बैठकले राजदेव पासवान लाई संयोजक तोकेको छ।
त्यसै गरि सह संयोजकमा गणेश पासवान सचिव रामपुकार कुमार पासवान स–सचिव सिकिन्द्र पासवान –टेढा, कोषाअध्यक्षमा रामेश्वर पासवान सदस्य खुशी देबि पासवान ,सदस्य शकुन्तला देबि पासवानलाई सर्व सहमत रुपमा चयन गरेको छ ।
सल्लाहकारमा शिवदेयाल पासवान, रामशरण पासवान,रुपनारायण पासवान लगायतका चयन भएका छन ।

 

उक्त भेलामा नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्यमा निर्वाचित सिकेन्द्र पासवानलाई प्रमुख अथिती राधेश्याम पासवान खादा लागाई समान गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर