भुवन यादव
८ भदाै २०८३
बारा : श्रावणको अन्तिम सोमबारका अवसरमा बारास्थित सहजनाथ महादेव मन्दिर परिसरमा भक्तजन (काफ्ला) हरूको सुविधाका लागि ५५ हजार रुपैयाँ बराबरको सहयोग उपलब्ध गराइएको छ।
रास्वपा नेता एवम् समाजसेवी उमाशंकर साह रौनियार, पूर्व जिल्ला सभापति चन्दन कुमार स्वर्णकार, महागढीमाईका पूर्व पालिका सभापति विक्रम यादव तथा समाजसेवी सञ्जय साह तेलीको संयुक्त पहलमा उक्त सहयोग हस्तान्तरण गरिएको हो।
दाताहरूले १७२ गाउँका हजारी काफ्ला प्रमुख बैजनाथ चौधरीलाई खाना पकाउने भाँडाकुँडा, चामल, मसला र नगद रकम बुझाएका छन्। यो सहयोगले मन्दिर दर्शन गर्न आउने काफ्लाहरूलाई भोजन व्यवस्थापनमा निकै सहज हुने पूर्व जिल्ला सभापति स्वर्णकारले जानकारी दिए।







