बारा । भारत बिहार रक्सौलको लक्ष्मीपुर स्थित कल्याण ज्वेलर्सले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।कल्याण ज्वेलर्सको दोश्रो वार्षिकोत्सवको उदघाटन गर्दै भारतको सुगौली विधानसभाको विधायक ब्बलु गुप्ताले भारत र नेपालको सम्बन्धलाई सुदृढ बनाएको बताए ।
दुबै देशको नागरिकको विश्वास जित्न सफल भएकोमा विधायक गुप्ताले शुभकामना दिएका थिए । ग्राहकको विश्वास जित्नु नै एक असल व्यापारीको पहिचान रहेको बताए । कल्याण ज्वेलर्सले अगामी दिनमा यस्तै जनताको विश्वास जित्दैन आफ्नो सयौ वार्षिकोत्सव मनाउन गुप्ताले शुभकामना दिएका थिए ।
कल्याण ज्वेलर्सको उदघाटन कार्यक्रममा आफ्नो शुभकामना दिदै महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले कल्याण ज्वेलर्सले जनताको शौख पुरा गराउन हर सम्भव प्रयास गरिरहेको उनले बताए । यस भेग वरिपरीका जनताले आफ्नो जीवनशैली स्टाईलिस्ट बनाउन बाहिर जानु नपर्ने यादवले बताए । छोटो समयमा जनतको विश्वास जित्न सफल भएकोमा उनले शुभकामना दिएका थिए ।
रक्सौल जस्तो सानो शहरमा आफ्नो लगानी लगाई कल्याण ज्वेलर्सले रोजगारीको अवसर पनि सृजना गरेको महागढीमाईका नगरप्रमुख यादवले बताए । कार्यक्रममा राष्ट्रिय प्रमुख काली सेना पार्वती तिवारीले रक्सौल जस्तो शहरमा विशाल व्यवसाय संचालन गरि आफ्नो दोश्रो वार्षिकोत्सव सफलतापुर्वक मनाउनु प्रशंसनीय योग्य कार्य रहेको बताईन ।
कार्यक्रममा बोल्दै उक्त प्रतिष्ठानका प्रबन्धक अरविन्द सर्राफले ग्राहकहरूलाई उत्कृष्ट सेवा र भरपर्दो उत्पादनहरू उपलब्ध गराउनु नै संस्थाको मुख्य उद्देश्य रहेको बताए। उनले ग्राहकको विश्वास नै ‘कल्याण ज्वेलर्स’ को सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गरेका थिए ।
वार्षिकोत्सव समारोहको अवसरमा स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरूलाई सम्मान गरियो। कार्यक्रममा संस्थासँग आबद्ध कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता थियो र सबैले कल्याण ज्वेलर्सको उज्ज्वल भविष्यको कामना गरे ।
कल्याण ज्वेलर्सले आफ्नो दोस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रममा आईसिपी प्रमुख राजीव रंजन, भाजपाका महिला नेतृ ज्वोतीराज गुप्ता, जनस्वराज पार्टीको नेतृ पुर्णिमा भारती लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भारत तथा नेपालबाट आएका ग्राहक, इष्टमित्र, शुभेच्छुक तथा भारत नेपालका विभिन्न संचारगृहमा आवद्व रहेका सञ्चारकर्मीहरूलाई दोसल्लाबाट सम्मानित गरिएको थियो ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







