साजिर मन्सूर
कलैया,भदौ १०

स्थानिय तहबाट हुने न्याय सम्पादनमा जनप्रतिनिधिहरुको भुमिका सम्बन्धि ३ दिने अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम होटेल करण राज पार्टी प्यालेस कलैयामा शुरु भएको छ । कलैयाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई न्याय सम्पादनमा सहयोग होस भन्ने उदेश्यले कलैया उपमहानगरपालिका नगर कार्यपालिका को आयोजनामा सो कार्यक्रम शुरु भएको प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उप सचिव नाथु साहले जानकारी गराए । अभिमुखिकरणमा सर्वोच्च अदालतका पुर्व न्यायाधीशहरु एवम पुर्व न्यायाधीश फोरम नेपालका संयोजक टोप बहादुर सिंह,अलि अकबर मिकरानी,शम्भु बहादुर खड्का,तथा नारायण प्रसाद पोखरेलले प्रशिक्षण दिने कार्यसुची रहेको कलैया उपमहानगरपालिकाका कानुन अधिकृत कमल पोखरेलले जानकारी गराए । कार्यसुचिमा नेपालको सम्बिधान,संघीय शासन पद्धति,स्थानिय तहको न्यायीक महत्व र भुमिका अधिकार,जनप्रतिनिधिको काम कर्तव्य तथा अधिकार,जनप्रतिनिधिबाट अख्तियारको दुरुपयोग र भ्रष्टाचारका मुद्दा लगायतका बिषयमा तालिम गराईने कानुन अधिकृत पोखरेलले जनाएका छन ।
यस खालको तालिम बाराको सबै पालिकामा गराउन प्रमुख अतिथि नरेन्द्र साहले आग्रह गरे । प्रमुख अतिथी साहले बारामा प्राय सबै निर्वाचित जनप्रतिनिधि नया भएकाले न्याय सम्पादन सम्बन्धि तालिम अपरिहार्य भएको बताए ।
तालिमका उदेश्य बारे प्रशिक्षक शम्भु बहादुर खड्काले प्रष्ट पारेका थिए । कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत साहले गरेका थिए ।

यस अघि भएको उदघाटन शत्रमा कलैयाको नगर प्रमुख बिनोद साहको अध्यक्षता एवम जिल्ला समन्वय समिती बाराको प्रमुख नरेन्द्र साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बारा जिल्ला अदालतका प्रमुख मुख्य न्यायाधीश पुणेस्वर प्रसाद उपाध्ययाय,श्रेस्तेदार नवराज जोशी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,सरकारी वकिल जुद्द बहादुर आले,सहितका सुरक्षा निकायका प्रमुखहरु सहित कलैयाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कानुन अधिकृत पोखरेलले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर