प्रीयन्का दास
कलैया,मङ्सिर २२

बारागढी गाउपालिका को प्रशासनिक भवनको आज एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले उदघाटन गरेका छन । केंद्रको ६० प्रतिसत र पालिकाको ४० प्रतिशत लागतमा सो भवन निर्माण भएको गाउपालिकाका अध्यक्ष अशोक जयस्वालले जानकारी गराए । सो भवन निर्माण गर्न करिब ४ करोड ९८ लाख लागत लागेको जयस्वालले जनाए ।

सो अवसरमा बारा निर्वाचन छेत्र नम्बर १ का संघीय सान्सद अच्युत मैनाली,प्रदेश सान्सद त्रीलोकी चौधरी,जिल्ला समन्वय समिती बाराका उप प्रमुख चन्डिका उप्रेती,कलैया उपमहानगरपालिका का मेयर बिनोद साह,फेटा गाउपालिका अध्यक्ष रुस्तम अन्सारी,देवताल गाउपालिका अध्यक्ष उदय यादव,प्रजिअ नवराज सापकोटा,प्रहरी उपरीक्षक सुरेश काफ्ले,अनुसन्धान का एसपी अभिनय सिंह,जसपाका राजनितिक सल्लाहकार रामकिशोर यादव,बारागढि गाउपालिकाका पुर्व अध्यक्ष देवदत बछाड,कलैयाका प्रमुख प्रशासकिय अधिकृत नाथु साह लगायत गाउपालिका बासी र जनप्रतिनिधि को उपस्थिति रहेको थियो ।
देवा/महाबिर/भुपेन्द्र जे भि कलैया ले भवन निर्माण गरेको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार