प्रीयन्का दास
कलैया,मङ्सिर २५

देवताल गाउपालिका अध्यक्ष उदय यादवले गाउपालिका भित्रका १० जना महिला लाई सिलाई कटाई मेसिन तथा आवस्यक सामग्री बितरण गरेका छन । दुई जना युवाहरुलाई मोटरसाइकल बनाउने सामग्री बितरण गरेको गाउपालिका का प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवले जानकारि गराएका छन ।
देवताल गाउँपालिका तथा आसमान नेपालको (खुशी परियोजना )को सहकार्यमा सम्पन्न सिपमुलक तालिम पस्चात सिलाइ मेसिन तथा बाइक मर्मत को समान बितरन गरिएको हो । अध्यक्ष उदय प्रसाद यादवले गाउपालिका भित्रका युवाहरुलाई रोजगारी को लागि आवस्यक तालिम उपलब्ध गराउने योजना अनुरुप अगाडी बढिरहेको बताए । यादवले महिलाहरुको लागि विशेषज्ञ बजेट नै छुट्याउने गरेको बताएका छन । आफू पनि युवा भएका कारण युवाको पीडा राम्रोसँग बुझेर कार्यक्रम ल्याउने अध्यक्ष यादवले जनाए ।
वडा नम्बर ४ का वडा अध्यक्ष ललन यादव,वडा नम्बर ५ का अध्यक्ष सुरेश प्रसाद साह लगायत जनप्रतिनिधि को उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर