साजिर मन्सूर
कलैया,मङ्सिर २७

प्रसौनी गाउपालिका वडा नम्बर ३ को नव निर्मित वडा कार्यालयको एक कार्यक्रम बिच गाउपालिका अध्यक्ष बिनोद प्रसाद जयस्वलाले उदघाटन गरेका छन । नौतन चौक स्थित ईलाका प्रहरी कार्यालय अगाडि बनेको तीन कोठे भवनको उदघाटन भएको निमित वडा सचिव सन्जय कुमार यादवले जनाए । गाउपालिका स्तरिय बजेट बाट निर्माण भएको वडा कार्यालय भवनको स्थापनाले सेवाग्राही अत्यन्तै खुशी भएको वडा अध्यक्ष छोटालाल प्रसाद साहले जनाए ।

उदघाटन गर्दै प्रमुख अतिथि समेत रहेका गाउपालिका अध्यक्ष जयस्वालले पालिकाको हरेक वडामा नया वडा कार्यालय भवन बनाउने लक्ष्य अनुरुप भवनको निर्माण गरि उदघाटन गरिरहेको बताए । पालिकाका सबै जनतालाई सहज र सरल रुपले सेवा प्रवाह गर्ने उदेश्य रहेको बताए । गाउँ गाउमा सिंह दरबार भन्ने गणतन्त्रको भावना अनुरुप वडा वडामा कार्यालय भवन स्थापना गरि जनतालाइ सोको अनुभूति दिलाउन जरुरी रहेको बताए । प्रसौनी गाउपालिकालाई जनताको माग अनुसारको स्वच्छ सफा र समृद्ध पालिका बनाउन लागिरपरेको गाउपालिका अध्यक्ष जयस्वालले बताएका छन ।
सोही अवसरमा गापा अध्यक्ष जयस्वालले नव निर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको समेत उदघाटन गरेका छन । वडाका जनतालाई सहज स्वास्थ्य सेवा पुर्याउन सुबिधा सम्पन्न स्वास्थ्य सेवा केन्द्र भवनको उदघाटन गरिएको उनले जानकारी गराएका छन । हामी भन्दा पहिले जग बसालेका जनप्रतिनिधिलाई अध्यक्ष जयस्वालले धन्यवाद ब्यक्त गरेका छन । नेपाल सरकार आधारभूत स्वास्थ सेवा केन्द्रको अवधारणा ल्यायो तर दरबन्दी सिर्जना नगर्दा स्थानिय सरकारमाथी भार थपिएको प्रती ध्यानाकर्षण गराएका छन ।गापा अध्यक्ष आफुहरुको लक्ष्य नै जनताको सुख दुखमा साथ रहने भएकोले त्यसमा कुनै कमि नगर्ने बताए । स्थानिय सरकारलाई सम्बिधानले दिएको अधिकारलाई संघ सरकारले छेकेर हामिलाई अवरोध गरिएको छ यसका कारण समेत स्थानिय सरकारले सोचे अनुसार काम हुन नसकेको जयस्वालले बताए ।

स्वागत मन्तब्य ब्यक्त गर्दै वडा कार्यालयको कुल लागत ३८ लाख ७४ हजार ७ सय पैंतालीस लागेको प्रमुख प्रसासकिय अधिकृत सुमित कुमार सिंहले जनाए ।
स्वास्थ तर्फको शसर्त बजेट बाट निर्माण गरिएको स्वास्थ्य चौकीको कुल लागत २६ लाख ७ हजार ७ सय ३८ लागेको प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले जानकारी गराएका छन । सिंहले गाउँ सभाले ल्याएका हरेक योजनालाई समय मै सम्पन्न गराउन कुनै कमि नगरिने बताए । जनताको सबै भन्दा नजिकको सेवा प्रवाह गर्ने काम वडाले गर्ने गरेकोले वडा कार्यालयको महत्व अधिक भएको सिंहले जनाए । प्रमुख प्रशासकिय अधिकृत सिंहले आवस्यकता अनुसार कर्मचारी नभएकोले वडामा सचिव र स्वास्थ्य सेवा केंद्र लाई सन्चालन गराउन अत्यन्तै असहज भएको प्रतिक्रिया दिए । गाउपालिका अध्यक्ष तथा समस्त नेतालाई आवस्यक कर्मचारीको लागि आवस्यक पहल गरि मगाउन आग्रह गरे । पालिकामा केवल २२ वटा स्वास्थ को कर्मचारी भएको तर पालिका सहित स्वास्थ्य सेवा केन्द्रमा कर्मचारी अपुग भएको सिंहले जनाए ।

वडा अध्यक्ष साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा गाउपालिका उपाध्यक्ष किरण देबि साह,वडा नम्बर २ का अध्यक्ष उदय साह तेलि,४ का अध्यक्ष याकुब अन्सारी,७ का अध्यक्ष ईस्लाम मिया,वडा नम्बर २ का पुर्व वडा अध्यक्ष बैजनाथ प्रसाद साह कानु, कार्यपालिका सदस्य राजहरण साह कानु,वडा नम्बर ६ का सदस्य आश्महमद अन्सारी,प्रहरी निरीक्षक बिनोद बोहरा,शिवजी कल्वार,अनिता देबि साह,सुनैना देबि लगायतका जनप्रतिनिधि तथा पालिकाका समाजसेवी एवम स्थानियहरुको उपस्थिति रहेको थियो ।

स्वास्थ्य शाखा प्रमुख सुरेश साहले सन्चालन गरेको कार्यक्रममा स्वागत प्रमुख प्रशासकिय अधिकृत सिंहले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर