साजिर मन्सूर 

बारा, जेठ ७

श्री भोला माध्यमिक विद्यालय, गन्जभवानिपुर–बारा को प्राङ्गणमा KOICA र Save the Children को आर्थिक सहयोग तथा JJYC बारा र मगनपा (महागढीमाई नगरपालिका) को समन्वयमा ईन्स्पायर परियोजना अन्तरगत स्थापना गरिएको Tech Lab तथा Maker Space को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशुन यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा KOICA का Program Manager DongGyu Kim प्रमुख अतिथिको रूपमा उपस्थित भएर शिला पत्र अनावरण गरि सो को उदघाटन गरेका छन । कार्यक्रममा विद्यार्थीहरूलाई प्रविधिमैत्री तथा सिर्जनशील शिक्षातर्फ उन्मुख गराउने उद्देश्यसहित Tech Lab र Maker Space को औपचारिक उद्घाटन गरिएको प्रमुख अतिथि किमले बताए ।

 

यस परियोजना तथा कार्यक्रमलाई सफल बनाउन विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थीहरू साथै कृष्ण यादव, माला यादव, सुरेश ठाकुर, शाह हुसेन तथा सुनेश्वर साहज्यूले महत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताइएको छ।

विद्यालय प्रशासनका अनुसार यस परियोजनाले विद्यार्थीहरूमा नवप्रवर्तन, सिर्जनशीलता तथा प्रविधिमैत्री शिक्षाको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको जनजागरण युवा क्लबका कोषाध्यक्ष सियाराम यादवले जनाए ।

कार्यक्रममा विशेष अतिथि आयुश जोशी (Program Development Quality and Influence (PDQI-Director)Save the Children, Nepal),अतिथिहरु उपप्रमुख तारा देवी कानु,jjyc Bara का कार्यवाहक अध्यक्ष राजदेव साह, प्रमुख प्रशासकिय अधिकृत, महागढीमाई नगरपालिका, मिनजी काङ्ग(Nepal Country office) SCI,सोरा बेक(KOICA),सोवोन हान (Young Professional),आयुश अधिकारी (Program Officer, KOICA),चन्दन कुमार, वडाअध्यक्ष म.ग.न.पा. १०,KOICA, Save the Children, भोला माध्यमिक विद्यालय तथा मगनपाका पदाधिकारीहरू, शिक्षक–शिक्षिका, अभिभावक,पत्रकार तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

 

बिधालयका प्रधानाध्यापक भोला प्रसाद कुश्वाहाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यालयका छात्र ओम शंकर पण्डित र छात्रा रिया शर्माले संयुक्त रूपमा गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार