साजिर मन्सूर
कलैया,जेष्ठ ४
कलैया उपमहानगरपालिकाको आयोजनामा सम्पन्न मेयर–उपमेयर कप खो–खो प्रतियोगिताको उपाधि छात्रातर्फ श्री ३ चन्द्र माध्यमिक विद्यालय र छात्रतर्फ ईन्टरनेशनल सिम्बायोसिस बोर्डिङ स्कूल ले जितेका छन्।
छात्रातर्फको फाइनल खेलमा श्री ३ चन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै मनहर्वा लाई हराएर उपाधि हात पार्न सफल भयो भने छात्रतर्फ ईन्टरनेशनल स्कूलले प्रतिस्पर्धी टोली श्री दुर्गा नमुना बिधालय बरेवा लाई पराजित गर्दै ट्रफी आफ्नो पोल्टामा पारेको हो।
विजेता तथा उपविजेता टोलीलाई प्रमुख अतिथि तथा आयोजक पक्षले नगद रु.१५ हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका थिए। प्रतियोगिताले विद्यालयस्तरमा खेलकुदको विकास, विद्यार्थीमा अनुशासन तथा टीम भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
खेल अवधिभर विद्यार्थी, शिक्षक, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थितिले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो। प्रतियोगितामा उपमहानगर क्षेत्रभित्रका विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगिताको बेस्ट खेलाडी छात्र तर्फ ईन्टरनेशनलका रेयाज मन्सूर छात्रा तर्फ नन्दनी सरार्फ घोषित भए । त्यस्तै बेस्ट चेजरमा गौरव कुश्वाहा र आरती कुमारी साह घोषित भए ।
नगर खेलकुद बिकास समिती अध्यक्ष एम समिउल्लाहको अध्यक्षता तथा कलैया उपमहानगरपालिका का उप मेयर रौशन प्रविणको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा बिशिस्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत राम बिनय सिंह,वडा नम्बर १ का अध्यक्ष मोहन बहादुर छेत्री, २ का अध्यक्ष राजेश महतो,
नगर खेलकुद बिकास समिति अध्यक्ष एम समिउल्लाह,नगर खेलकुद समितिका महासचिव शैलेश महतो,पुर्व महासचिव राजेश्वर गौतम,सदस्य शैलेस श्रेष्ठ,आमोद गुप्ता,दिनदयाल साह,श्री ३ चन्द्र माबिका प्रधानाध्यापक रमेश कुश्वाहा,कबड्डी खेलका पुर्व रास्ट्रीय कोच तसरुदिन मन्सूर,श्री नेरा माबी सिसहनियाका प्रधानाध्यापक दिनेश प्रसाद जयस्वार,खेलकुद प्रेमी बिनोद तुलाधर,ईन्टरनेशनल सिम्बायोसिसका प्रधानाध्यापक वसन्त घिमिरे,ब्रहम्पुरिका शिक्षक सुबाश मेहता लगायतकाको उपस्थिति रहेको थियो । समापन कार्यक्रमको सन्चालन सन्चारकर्मी साजिर मन्सूर ले गरेका थिए ।







