साजिर मन्सूर
कलैया,बैशाख ३१
बारा जिल्लाको शैक्षिक क्षेत्रमा यस वर्ष ऐतिहासिक सफलता हासिल गर्दै कलैया स्थित भरत बाबा सेकेन्डरी बोर्डिङ्ग स्कूल ले एसईई २०८२ मा शतप्रतिशत नतिजासहित जिल्ला टप गर्न सफल भएको छ । विद्यालयका पाँच जना विद्यार्थीले G.P.A. 4 प्राप्त गर्दै विद्यालयलाई मात्र नभई सम्पूर्ण बारा जिल्लालाई गौरवान्वित बनाएको सन्चाल रबिन थापाले हर्षित हुँदै भनेका छन् ।
विद्यालयबाट सहभागी कुल ४० जना विद्यार्थीमध्ये सबै जना उत्तीर्ण भएका छन् भने २५ जनाले A+ र १५ जनाले A ग्रेड प्राप्त गरेको सन्चालक थापाले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन् । आजै टप गरेका बिद्यार्थीहरुलाई गाडिमा राखेर बिधालयले नगर परिक्रमा समेत गरेको छ । G.P.A. 4 ल्याउने विद्यार्थीहरूमा आर्यन राज कर्ण, हरिशंकर प्रसाद गुप्ता, अन्जली यादव, प्रतिभा कुमारी साह र सुश्रीका बुढाथोकी रहेका छन् । उनीहरूको उत्कृष्ट उपलब्धिलाई जिल्लाभर प्रशंसा भैरहेको छ ।
आजै आयोजित पत्रकार सम्मेलनमा बिद्यार्थीहरुले अभिभावक,बिधालय प्रशासन र शिक्षकहरुको साथले यो उपलब्धि हासिल गर्न सकेको जनाएका छन । उनिहरुले अहिलेको समयमा समाजिक सन्जालको गलत प्रयोगले बिद्यार्थीहरुले चाहे जतिको अन्क ल्याउन नसकिरहेकोले त्यसलाई ब्यवस्थापन गर्नुपर्ने बताएका छन ।
विद्यालयको यस सफलताप्रति अभिभावक, शिक्षक तथा स्थानीयवासीले खुशी व्यक्त गरेका छन् । विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको विश्वासका कारण यस्तो उल्लेखनीय नतिजा सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ ।
यस अवसरमा अभिभावहहरुले विद्यालयका संस्थापक रबिन थापाप्रति विशेष आभार व्यक्त गरिरहेका छन ।थापाले शिक्षा क्षेत्रमा गुणस्तरीय वातावरण निर्माण गर्दै योग्य, अनुशासित र अब्बल विद्यार्थी उत्पादन गर्न उहाँले दिनरात खटेर महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्थानीयको भनाइ छ ।
विद्यालयको यो उपलब्धिले बारा जिल्लाको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याएको भन्दै कलैया उपमहानगरपालिका, जिल्ला समन्वय समिति बारा तथा शिक्षा कार्यालय कलैयाले समेत बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।







