साजिर मन्सूर

बारा,जेष्ठ ३

कलैया उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा “मेयर, उप–मेयर कप” दोस्रो विद्यालयस्तरीय छात्र/छात्रा खो–खो प्रतियोगिताको फाईनल खेलमा छात्र तर्फ श्री दुर्गा माबी बरेवा र ईन्टरनेशनल सिम्बायोसिस बोर्डिङ भिड्ने भएका छन । श्री ३ चन्द्र माबिको प्राङ्गणमा आज भएको सेमिफाइनल खेलमा श्री ३ चन्द्र माबी लाई हराएर ईन्टरनेशनल सिम्बायोसिस फाईनलमा पुगेको हो भने बाल एकतालाई हराएर दुर्गा माबिले फाईनल सम्मको यात्रा पक्का गरेको प्रशिक्षक क्यामुदिन मन्सूरले जनाएका छन ।

 

यता छात्रा तर्फ भने श्री ३ चन्द्र माबी र श्री नेरा माबी मनहर्वाले फाईनल खेल्ने पक्का भएका छन । भोलि अपरान्ह ४:३० मा हुने फाईनलका लागि चार वटै टोलि उत्साहित देखिएका छन । फाईनलमा प्रथम हुने बिधालयले नगद रु.१५ हजार र दोश्रो हुने टोलिले नगद रु १० हजार हात पार्ने आयोजकले जनाएको छ ।

 

कलैया उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा जेष्ठ १ गते देखि जारी “मेयर, उप–मेयर कप” दोस्रो विद्यालयस्तरीय छात्र/छात्रा खो–खो प्रतियोगितामा कलैया उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयका छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहेको थियो ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर