साजिर मन्सूर 

बारा,जेष्ठ ४

कलैया उपमहानगरपालिका वडा नं. २७ बरवास्थित बिजुलपुरदेखि बरवा जोड्ने इमृती नदी पुनःनिर्माण कार्यको पुर्व मन्त्री ज्वाला साहले शिलान्यास गर्नुभएको छ। पूर्व मन्त्री साह तथा वडा नं. २७ का वडाध्यक्ष अशोक कुमार तिवारी ले संयुक्त रूपमा निर्माण कार्यको शिलान्यास गर्नुभएको हो।

आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट विनियोजित बजेटमार्फत पूर्वाधार विकास कार्यालय कलैया, बाराद्वारा निर्माण हुन लागेको उक्त नदी वर्षौंदेखि जीर्ण अवस्थामा रहेको वडा अध्यक्ष तिवारीले जनाए । स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको आवतजावतको समस्या समाधान गर्ने उद्देश्यले पुनःनिर्माण कार्य अघि बढाइएको स्थानीय समाजसेवी अजय कुमार तिवारीले जनाए।

करिब १ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको यस आयोजनाले स्थानीय बासिन्दाको दैनिक आवतजावत सहज बनाउनुका साथै क्षेत्रीय विकास, व्यापारिक गतिविधि तथा सामाजिक पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको वडा अध्यक्ष तिवारीले बताए ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले विकास निर्माणका यस्ता योजनाले ग्रामीण क्षेत्रको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर