साजिर मन्सूर
कलैया,पुष २३
कलैया उपमहानगरपालिकाको सभाहलमा बालबालिकालाई सम्बोधन गर्न किशोरकिशोरीहरुलाई शसक्त बनाउने सम्बन्धमा पालिका स्तरीय सरोकारवालाहरु सङ्ग कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा समन्वय बैठक सम्पन्न भएको छ ।
संस्थाको सचिव सचिव निर्मला भण्डारीले स्वागत गर्दै आजको बैठकमा संस्थागत पचिय,बालबालिकालाई सम्बोधन गर्न,बालबिवाहलाई कसरी रोक्न सकिने र लैङ्िगकतामा आधारित हिंसाका बारे छलफल गरिएको जानकारी गराईन । कलैया,कोल्बी,फेटा र आदर्शकोत्वालमा यो कार्यक्रम लागु गरेर सन्चालनमा लगिने भण्डारीले जानकारी गराईन ।
परियोजनाको कार्यक्रम सम्योजक महिला अधिकारकर्मी सरस्वती खरेलले संस्थाले मधेशको ६२ स्थानिय तहमा काम गरिरहेको जानकारी गराईन । खरेलले कार्यक्रमको बारेमा सहजीकरण गरेकी थिइन ।
कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा उप मेयर रौषन प्रविण,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,शिक्षा शाखा प्रमुख प्रल्हाद बर्णवाल,जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक बिमला कठायत,शिक्षा अधिकृत बिजय अधिकारी,न्यायीक समिति का राजा हुसेन,महिला तथा बालबालिका शाखा को प्रमुख नेहा केशरी आयोजक संस्थाको कोषाध्यक्ष बिनोद प्रसाद यादव,सचिव निर्मला भन्डारी,स्वास्थ शाखाका अधिकृत मनोज यादव,जेजेवाईसीको सेफ गार्डिङ्ग फोकल पर्सन लक्ष्मी खरेल,ब्लु हेभेन नेपालका कार्यक्रम सम्योजक, पुर्णिमा श्रेष्ठ, मन्जु सुवेदी नलगायत विभिन्न संघसंसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
युनिसेफको आर्थिक सहयोग समाजिक संस्था जिल्ला समन्वय समिती पर्साको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।