अन्तर पुस्ता महिलाबादी मंचको मधेशमा बृहत अन्तरक्रिया  सम्पन्न

साजिर मन्सूर

बर्दिबास,कलैया १३

अन्तर पुस्ता महिलाबादी मंचको मधेशमा बृहत दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा भएको कार्यक्रममा सन्जाल हरेक समुदायको मुद्दा को सवालमा पैरवी गर्दै आएको शरु जोशिले जनाएकि छन । मधेसमा यति छोरा बैदेशिक गएपनी अहिले २२ प्रतिशत मात्र महिला परिवार मुलि रहेको बताईन । मधेसमा ८ प्रतिशत छोरी जन्मिन कम भएको तथ्यांक आएपनि कोहि कसैको ध्यान जान नसक्नु डरलाग्दो भएको बताईन । महिलाको नाममा घर जग्गा केवल १२ प्रतिशत ले मात्र राखेको पनि उल्लेख गरिन । मधेश प्रदेशमा अहिले पनि ५९ प्रतिशत घरमा दाउराले खाना पकाईरहेको तथ्यांकले देखाएको जोशिले बताईरहदा आखिर हामी किन जीवन दिने जङ्गल लाई मासिदा बोल्न नसकेको बताईन । मंचले पन्च बर्षिय अभियान कार्यक्रम अन्तरगत अनुपमको देश ब्यापी नारिबादी बस यात्रा पनि सन्चालन गर्न गइरहेको शरु जोशिले बताईन । अन्तर पुस्ता महिलाबादी मन्चमा हाल १२ सय सदस्य पुगेको जोशिले जनाएकी छन ।

 

रास्ट्रीय योजना आयोगको पुर्व सदस्य सलोनी सिंहले २०७२ मा सम्बिधान आउदा महिलाको सबै अधिकार आयो तर कार्यान्वयनमा कति गएको भन्ने छलफल हुन जरुरी रहेको बताईन । पहिचान र समानताको अधिकार महिलाबादी भनेको लैङ्िगक समानताको वकालत गर्नु हो । महिला पुरुष सहित अन्य सबैको समानताको वकालत गर्ने जो कोहि पनि महिलाबादी हुन सक्छन ।

महिलालाई कमजोर ठान्ने अनि पुरुष लाई उच्च बर्गको मान्ने सबै पितृ सतात्मक सोचलाई रुपान्तरण गर्नुपर्ने सिंहले बताईन । मन्दिर,मस्जिद,चर्जमा केवल पुरुष मात्र किन पुजारी,मौलबी,पादरी हुन्छन यो सब पितृ सतात्मक सोच हो । जसले अहिलेको युगमा पनि महिलाहरुको अधिकार कटौती गरिदै गएकोले पनि पछाडी पारिएको बताईएको छ । मानव पुजि सूचकांकमा हामी उत्कृष्ट भएको सिंहले भनिन ।

 

महिलाबादी आन्दोलन नेपालमा १ सय बर्ष भयो ।

२०६३ सालमा अन्तरिम सम्बिधानमार्फत नेपालमा महिलाले पहिचान पाए । ३३ प्रतिशत महिलालाई राज्यको हरेक अंगमा समावेश गराउन निर्णय गरियो तर अवस्था प्रती सन्तुष्टि नभएको सहभागीले एक स्वरमा बोलेका छ्न ।

 

अन्तर पुस्ता महिलाबादी मंचकि ईन्दु पन्त घिमिरेले आज पनि बिशौ बर्ष देखि महिलाको सवाल मा प्रश्न जस्ताको जस्तै भएको प्रती ध्यानाकर्षण गराउदै नेपालमा बालिकाहरुको जन्म दर घट्दै गैरहेको प्रती ध्यान किन नगएको बताईन । संयुक्त रास्ट्र संघले पनि महिला हिंसा घटाउन पुरुषको उपस्थिति अनिवार्य हुनुपर्ने बताईन । घर भित्रको आफ्नो काम गर्ने पुरुष पनि महान हो । पुरुषले पनि महिला प्रतिको सह अस्तित्व सम्मान ब्यक्त गर्ने किसिमले सोचाई र ब्यवहार ब्यक्त गर्नुपर्नेमा जोड दिईन । नकमाईएका सुबिधा भोग गर्नेहरुले समेत सबैको समान अस्तित्व को सम्मान गर्न सिक्नुपर्ने हुन्छ ।

आमालाई नागरिक जन्माउने साधनका रुपमा मात्र देख्ने गरिएकोले पनि महिलाको अधिकार प्राप्ती हुन नसकेको हो । दमनकारी पितृसत्तात्मक अभ्यास र  संरचनाले समेत उदेश्य प्राप्त गर्न कठिनाई हुँदै आएको चर्चा गरिएको छ । देशमा महिलाका लागि सन्चालन गर्दै आएका सारा अभियन्ताहरु एक ठाउमा आएर न्याय समानता अधिकारका लागि सबैको असमझदारी लाई समझदारी गर्दै अगाडी आउन घिमिरेले आग्रह गरिन ।

लैङ्िगक समानताबाट लैङ्िगक रुपान्तरणको चर्चा बहस शुरु भएको टीका दहालले बताईन । सुकिला मुकिलाले मात्रै त्यसमा पनि एउटै महिलालाई दोहोर्‍याई दोहोर्‍याई अवसर किन ? यो प्रश्न हुनुपर्ने बेला भएको बताईन ।

 

मंचकि गौरा नेपालीले राजनितिमा महिलाहरु अत्यन्तै प्रभाव भएपनी सहभागिता मा त्यस्तो नदेखिएको बताईन । महिलाले पार्टीमा चुनौती पनि दिन सक्ने अवस्थामा नरहेको बताईन । राजनीति भन्दा माथी केही नभएकोले महिलाहरू राजनितीमा आउनै पर्ने बताईन ।

 

कार्यक्रममा मधेस प्रदेशको ८ जिल्लाका महिलाबादी अधिकारकर्मिहरु सङै मंचको पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

लक्ष्मी घलानले कार्यक्रममा स्वागत गरेकी थिइन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर