साजिर मन्सूर

कलैया,माघ २७

एन प्याब्सन बाराले जिल्लाका विभिन्न गैर सरकारी बिधालयका गणित शिक्षकहरुलाई १ दिनको गणित बिषयको तालिम सन्चालन गरेको छ । सदरमुकाम कलैया को बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभा हलमा तालिम सम्पन्न गरिएको एन प्याब्सन बाराका अध्यक्ष प्रभुलाल कुश्वाहाले जानकारी गराएका छन । तालिममा ४५ जना गणित बिषयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

एलाईड पब्लिकेसन्सका गणित बिषयका लेखक नवराज पाठकले तालिम दिएका छन ।

तालिमले गणित बिषयका शिक्षकहरुको स्तर उन्नति हुनको साथै नया पाठ्यक्रमका बारे जानकारी गराईएको र यसले गणित बिषयको अध्यापन मा सहजता हुने एन प्याब्सन बाराका अध्यक्ष कुश्वाहाले बताए ।

एन प्याब्सन बाराका अध्यक्ष कुश्वाहाको अध्यक्षता तथा एलाईड पब्लिकेसन्सका डाईरेक्टर बिनोद राज उपाध्यायको प्रमुख आतिथ्यमा तालिम शुरु भएको हो ।

तालिमको ब्यवस्थापन एलाईड पब्लिकेसन्सले गरेको हो ।

एलाईड पब्लिकेसन्सले हाल सम्म बोर्डिङ स्कुलका सबै बिषयको पाठ्य पुस्तक प्रकाशन गर्दै आएको सुशील स्टेशनरी मार्टका सन्चालक सुशील घिमिरेले जानकारी गराएका छन । २०६६ सालमा स्थापना भएको यो पब्लिकेसन्सले हाल सम्म देशका हरेक बोर्डिङ स्कुलको लागि हरेक बिषयको पाठ्यक्रम तैयार गरेर बितरण गर्दै आएको पब्लिकेसन्स का बजार ब्यवस्थापक बासुदेव अधिकारीले जानकारी गराएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर