
साजिर मन्सूर
कलैया,फाल्गुन ५
आम नेपालीहरुले सुतेर उठ्ने बितिकै बिहानिको पहिलो रोजाई भनेकै नेपालकै पहिलो मसला चिया सर्बदा मसला चिया रहेको कलैयाका ब्यापारीहरुले बताएका छन । बारा सदरमुकाम कलैयामा सर्वदा मसला चिया द्वारा गरिएको ब्यापारी सङ्गको भेटघाट कार्यक्रममा उनिहरुले यस्तो बताएका छन । स्विकार चिया उधोग काठमाडौंले उपभोक्ताको चाहना र माग अनुसारको स्वादिष्ट चिया उत्पादन गर्दै आएको एरिया सेल्स म्यानेजर दया हुमागाईले जनाए । हुमागाईले सर्बदा चिया प्रतिको बढ्दै गएको ग्राहकको माग अनुसार जिल्लाको सदरमुकाम कलैयामा आफ्नो आधिकारिक बिक्रेताका रुपमा आजबाट अम्बे किराना भन्डार सङ्ग हातेमालो गरिएको बताए । यता अम्बे किराना भन्डारका सन्चालक कलैयाका प्रसिद्द ब्यापारी लक्षमण रौनोयारले कलैया सहित जिल्लाको दक्षिणी भेगका ब्यापारीहरुले आफू सङ्ग सर्बदा मसला चिया नै बेच्न सुझाव सहित माग गर्दै आएपछि आफुले यो चिया बेच्न शुरु गरेको बताए । रौनियारले आफुले यो चिया उधोग सङ्ग जुड्न पाउँदा खुशी लागेको व्यक्त गरेका छन । नेपालको हरेक शहर गाउमा बिक्रीवितरण भैरहेको यो चिया अब बाराको हरेक पसल पसलमा उपलब्ध हुने गरि ब्यवस्थापन गरिने रौनियारले बताएका छन ।
सो अवसरमा कलैयाका ब्यापारीहरु राज रौनियार,मनिष रौनियार,नौशे आजम,रन्जन यादव,सन्तोष गुप्ता,लालबाबु जयस्वाल,धिरज दास,जोगिलाल कुश्वाहा,बलिराम दास,उमेश जैस्वाल,दिपेश गुप्ता,विशाल कुमार साह,अजय गुप्ता,जयप्रकाश गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।