वान हार्ट वल्र्डवाइड नेपालको सहयोग, जिल्ला स्वास्थ्य कार्यालय, बाराको समन्वय तथा जन जागरण युवा क्लब (व्व्थ्ऋ) बाराको आयोजनामा संचालित स्थानिय सरकारको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तरगत सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारा जिल्लामा संचालन गर्न जिल्ला तथा स्थानिय सरोकारवालासंग अन्तरकृया तथा बैठक जन स्वास्थय कार्यालयका ःल्ज् फोकल पर्सन श्री रघुवेन्द्र कर्ण ज्यूको अध्यक्षतामा कलैया स्थित करणराज होटेलमा आज सम्पन्न गरेको छ ।
कार्यक्रममा बाराका १६ वटै पालिकाका स्वास्थ्य संयोजकहरु, प्रादेशिक अस्पताल कलैयाका प्रतिनिधि, जिल्ला जन स्वास्थ्य कार्यालयका प्रतिनिधि, वान हार्ट वल्र्डवाइडाका प्रतिनिधिहरु तथा जेजेवाइसीका प्रतिनिधिहरु गरी जम्मा २६ (२३ जना पुरुष र ३ जना महिला) जनाको सहभागिता रहेको थियो ।
यस कार्यक्रमको मुख्य उदेश्य तथा स्वागत संस्थाका कार्यकारी निर्देशक श्री निवास बैठाले गरे भन्ने क्द्यःए कार्यक्रमबारे संक्षिप्त अभिमुखिकरण कार्यक्रम संयोजक श्री सावन यादवले गरे । त्यस्तै जिल्लामा यस कार्यक्रमको प्रभावकारिताबारे अध्ययन नतिजा प्रस्तुतिकरण इज्ध् का बरिष्ट कार्यक्रम संयोजक श्री निलेश पारवानाले गरे भन्ने कार्यक्रम स्केलअपबारे प्रस्तुतिकरण छलफल इज्ध् का जिल्ला संयोजक श्री उपेन्द्र कुमार सिंहले गरेका थियो । कार्यक्रमबारे सहजिकरण इज्ध्का वरिष्ट कार्यक्रम अधिकृत श्री संदिपा लामा तथा जेजेवाइसीका फिल्ड अधिकृत श्री विजय महतोले गरे ।
यो कार्यक्रम सर्लाही, म्याग्दी, दोलखा र उदयपुरमा सफलता पुर्वक संचालन भएको तथा यस बारा जिल्लामा पनि स्केल अप गरेर ३ वटा हवहरु (कलैया अस्पताल, सिमरा अस्पताल र नीजगढ पि.एच.सी) तथा ६ वटा सब हबहरु (बरियारपुर, नरही, प्रसौना, बेनौली, खोपवा र कोल्हवी स्वास्थ्य चौकीहरु) राखेर कार्यक्रम अगाडी बढाउने सर्वसम्मत निर्णय गरियो ।
कार्यक्रमको अध्यक्ष्ता गरिरहेका रघुवेन्द्र कर्णले यस जिल्लामा कार्यक्रम ल्याएकोमा आयोजक संस्थाहरुलाई धन्यवाद दिदै यस कार्यक्रमले मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवद्र्धन तथा आमा र नवजात शिशुको मृत्युदर घट्ने र स्वास्थ्य कर्मीहरुमा गुणस्तरीय सेवा प्रदान गर्नमा धेरै सहयोगपुग्ने अपेक्षाका साथै कार्यक्रमको अग्रिम उतरोतर प्रगतिको कामना व्यक्त गरे ।







