प्रीयन्का दास
कलैया,फाल्गुन १६

मधेस प्रदेशका मुख्यमन्त्री माननीय सरोज यादवले प्रदेश भित्रका मुस्लिम छात्राहरुका अध्ययनका लागि मदर्शा बिधालय सन्चालन गर्ने प्रदेश सरकारको योजना भएको बताएका छन । बाराको सदरमुकाम कलैया ९ रामपुरमा आज देखि शुरु दुई दिने समाज सुधारक सम्मेलनको उदघाटन गर्दै उनले यस्तो बताएका हुन । आउने दिनमा प्रदेशका जिर्ण मदर्शा भवनहरुलाई पुनर्निर्माण तथा नभएको स्थानमा नया बनाउने बताएका छन । छिमिकी मुलुक भारतको बिहार र युपिमा रहेका मदर्शा हरु जस्तै एकै खालका स्लेबस ल्याएर प्रदेश भरी एउटै शिक्षा प्रदान गर्ने किसिमले काम भैरहेको बताउदै यसले मधेशको मुस्लिम महिलाहरुले शिक्षा प्राप्त गरि जीवन स्तर राम्रो बनाउन मदत पुग्ने बताएका छन । मधेशमा जसपा को सरकारले जनसंख्या को आधारमा आरक्षण दिएपछी १३ प्रतिशत मधेसका मुस्लिम समुदायले हरेक तहमा आरक्षण लिईरहेको बताएका छन । जसपा सरकारले प्रदेश भित्र ५ बर्षमा मस्जिद,मदर्शा,कबृस्तानमा जति लगानी गरेको छ त्यति संघ सरकारले ५० बर्षमा लगानी नगरेको बताए । हामी सरकारमा गएपछि ईद बकरिद मात्र नभएर महमद डे को समेत बिदा दिएको जिकिर गरेका छन । जसपा ले एतिहासिक रुपमा मधेसको प्रथम मुख्यमन्त्री मुस्लिमलाई बनाएर प्रमाणित गरिसकेको छ उनले बताए । हालको अवस्थामा विभिन्न जातजात बिचको सदियौ देखिको भाईचारा र अपनत्व लाई तोडेर धार्मिक सद्भाव बिगार्ने केही असमाजिक तत्व लागेकाले हामी सबैले त्यसबाट सचेत रहनुपर्ने बताउदै सद्भाव बनाएर रहन सबैमा आग्रह गरे । कहि कति त्यस्तो असमाजिक गतिविधि भए आफू २४ सै घन्टा सेवामा रहेको बताएका छन । हिन्दुहरुको महा यज्ञ भएझै मुस्लिमहरुको जल्सा भएको बताउदै यहापनी गुरुहरुले असल कर्म सिकाउने गरेको बताए । मुस्लिम नेपालमा अल्पसंख्यक भनिए पनि एक जुट भए मधेसको सत्ता मात्र हैन केन्द्रको सत्ता समेत उलट पलट गर्न सक्ने सामर्थ्य मुस्लिममा भएको बताएका छन ।
मदर्शा सल्फिया दारुल ईस्लाम रामपुरका अध्यक्ष अब्दुल मनिर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य ज्वाला साह,पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव,प्रदेश सभा सदस्य माननीय समीर,पुर्व प्रदेश सभा सदस्य पारस साह,महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादव,सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य,प्रहरी नायब उपरीक्षक बारा प्रहरी प्रवक्ता दधिराम न्यौपाने,कलैया उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष पुरुशोतम पान्डे,पुर्व वडा अध्यक्ष डा. अख्तर अन्सारी,नेपाल ईटा उधोग महा संघ का पुर्व केन्द्रिय उपाध्यक्ष अब्दुल हकिम अन्सारी, नेपाल भारत मैत्री संघ का केन्द्रिय सदस्य अन्वर आलम अन्सारी,अब्दुल रहमान रेयाजी,कलामुदिन मदनी,एम समिउल्लाह लगायतकाको उपस्थिति रहेको थियो ।
डाक्टर महबुब अन्सारी ले स्वागत गरेको कार्यक्रम को सन्चालन पत्रकार साजिर मन्सूरले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर