साजिर मन्सूर
कलैया,असोज २८
महिलाबादी अन्दोलनकी अगुवा तथा टेवा सन्स्थाकी संस्थापक रिता थापाले आधुनिक जिवनशैली पछयाउदा मानिसलाई विभिन्न खालका रोग लागेर अप आयुमै ज्यान गुमाउनु परेको बताएकी छन । शरिरले चाहिने पानी पनि आफैले उठाएर खान अल्छी मानिरहेका हामिलाई विभिन्न रोगहरु लाग्ने गरेको बताईन । अहिलेको बजारमा पाईने हरेक खाद्यान्नमा विभिन्न किसिमका मिसावट रहेको जल्ले देशका नागरिकलाई स्वास्थमा खेलवाड भैरहेको बताईन । हामिले आफ्नै बारिमा उत्पादन गरिएका अर्गानिक खाद्यान्न खानुपर्नेमा जोड दिइन । ठुलो ठूलो शपिङ्ग मलमा बर्षौ सम्म म्याद नगुज्रीने तत्वको प्रयोग भएको तर त्यही हामिले सान सौकत देखाउन खाने गरेकाले हाम्रो शरिरमा समस्या आईरहेको बताईन । आफु स्वस्थ रहि परिवार एवम समाजका लागि राम्रो उदाहरण बन्नु छ भने उनले आधुनिक जिवनशैली त्याग्न र शरिरले सके सम्मको मेहनत गर्न आग्रह गरिन ।







