
कलैया / प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ ।
आज बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २५ गते एक बजेका लागिस्थगित गरिएको हो ।बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस मार्फत जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले असार १ गते वजेट प्रस्तुत गरे पछि आर्थिक वजेटको बारेमा छलफलका लागि असार १५ गतेका लागि बैठक बोलाइए पनि अन्तिम समयमा आएर असार २३ गते बैठक आज का लागि स्थगित गरिएको थियो ।