साजिर मन्सूर
कलैया,चैत ७
बारागढि गाउपालिकाको आव २०८०/०८१ को हिउदे गाउँ सभा सम्पन्न भएको छ ।
गाउपालिकाको सभाहलमा एक कार्यक्रम का बिच गाउपालिका अध्यक्ष अशोक कुमार जयस्वालले ब्यानरमा लेखेर उदघाटन गरेका हुन ।
हिउदे गाउँ सभाका रुपमा रहेको यो गाउँ सभा सम्पन्न गराउन सबै गाउँ सभा सदस्यहरु एकजुट भएर लागेको गाउपालिका अध्यक्ष जयस्वालले जनाए ।
अध्यक्ष जयस्वालले जनप्रतिनिधिका बिच अत्यन्तै सुमधुर सम्बन्ध कायम भैइ पालिकाको सबै योजना सम्पन्न गराउन लागिपरेको बताएका छन ।
अध्यक्ष जयस्वालले सोही अवसरमा हिन्दु समुदायको महान पर्व फागु पुर्णिमाको अवसरमा होलि मिलन कार्यक्रमको समेत आयोजना गरिएको भन्दै सबैमा सुभकामना दिएका छन । गाउपालिका अध्यक्ष जयस्वालले सबै नागरिकमा होलिको अवसरमा अस्लिल गित र जोरले बज्ने डिजे समेत नबजाईदिन आग्रह गरेका छन ।
आफुहरु सबै मिलेर नमुना गाउपालिका बनाउन सबै जनप्रतिनिधिको उदेश्य रहेको गाउपालिका उपाध्यक्ष लक्ष्मी देबि रायले शुभकामना दिदै बताएकि छन । गाउपालिकाका उपाध्यक्ष रायले धेरै पालिकामा जनप्रतिनिधिहरु बिच सहमति नहुदा गाउँ तथा नगर सभा हुन कठिनाइ भएको सर्व बिदित रहेको बेला सबैको चाहना अनुसार हामी सबै मिलेर गाउँ सभा गरेर बिकास गर्ने बाटोमा लागिपरेको बताएकि छन । रायले समेत समाजमा बज्ने गरेको डिजे र अस्लिल गितले महिला दिदिबहिनिहरुलाई अत्यन्तै नराम्रो सङ्ग मानसिक तनाव दिईरहेकोले यसलाई बन्द गर्न आग्रह गरिन ।
गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरीले सबैले आफ्नो र आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउपालिकाको बिकासका लागि सबै नगर सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागिपरेको देखेर आफू अत्यन्तै खुशी भएको बताएका छन । गाउपालिकालाई जनताको प्रथम आशा र भरोसाको स्थल बनाउन लागिपरेको र सोही अनुसार नीति कार्यक्रम समेत निर्माण गर्न लागिपरेको प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरिले बताएका छन । केशरीले स्थानिय सरकारले असारमा ल्याएको विभिन्न योजना मध्ये केहिलाई योजना परिवर्तन गर्न यो अधिवेशनले सहयोग गर्ने बताए ।
केशरीले कर्मचारीहरु गाउपालिकाको बिकासका लागि यहाहरुले बनाएको नीति कार्यक्रमलाई पूरा गर्न हरेक समय लागि तम्तयार रहेको बताएका छन । गाउँ सभा जनताको लागि आश हो त्रास हैन भन्दै यसको सफलताकोलागी सबैले मिलेर अगाडी आउन केशरीले आग्रह गरे । केशरीले होलिको सबैमा सुभकामना दिदै सभ्य तवरले होलि खेल्न सबैमा आग्रह गरे ।
सभामा बारागढि गाउपालिकाका वडा नम्बर १ देखि ६ का वडा अध्यक्षहरु क्रमशः सुरेश कुमार चौधरी,जोगेन्द्र साह कलवार,उमेश प्रसाद साह,पन्नालाल साह तेलि,मनेजर चौधरी र निरज कुमार साह सङ्गै कार्यपालिका सदस्यहरु क्रमशः धनमन्ती देबि मलाहिन,रेणु देबि कलवार,सङिता चौधरि,अनिता बैठा,सुरेश राम,प्रशासन शाखाका अधिकृत महेश ठाकुर,सुचना प्रबिधि अधिकृत धुरेन्द्र ठाकुर,ईन्जिनियर जितेन्द्र प्रसाद यादव लगायतकाको उपस्थिति रहेको थियो ।
सभाको सन्चालन लेखा अधिकृत अजय चौधरीले गरेका थिए ।