साजिर मन्सूर
कलैया,चैत्र १०

कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा बालबालिकाको लागि हेभेन किड्स मोन्टेशरीको एक कार्यक्रम का बिच उदघाटन गरिएको छ। कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साहले सो को उदघाटन गरेका छन । मेयर साहले यो खुल्दा अत्यन्तै खुसी भएको बताए । हामिले अब आफ्नै नगरमा स साना नानिबाबुहरु लाई मोन्टेशरी बेसमा समेत पढाउन सक्ने भएको बताए । अहिलेको आर्थिक मन्दिमा समेत लगानी गरेर यहाको शिक्षामा योगदान गर्ने यस्ता ब्यवस्थापन टिमलाई हामिले सहयोग गर्ने प्रतिबद्धता जनाए । मेयर साहले शिक्षा समितिको बैठक बाट आवस्यक अनुमति दिने समेत घोषणा गरे ।

खासगरी ब्यस्त जिवनशैलीका कारण अधिकान्स जागिरे अभिभावकहरु आ आफ्नो कार्यालयमा काम गर्न बच्चालाई घरमै छोडेर जानुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि यो मोन्टेशरिले सहयोग गर्ने प्रधानाध्यापक मोनिका कुश्वाहाले बताईन । पुर्ण पारिवारिक बाताबरणमा बच्चालाई अध्यापन गराईने उनले बताईन । यसमा सानो बच्चाहरुलाई डे केयर को समेत सुबिधा,डान्स क्लासको सुबिधा,हप्तामा स्वास्थ्य चेकजाँच को सुबिधा भएको बताईन । आज निशुल्क भर्ना गरिएको तर भोलिदेखी शुल्क लिईने बताईन ।

सम्बिधान सभा सदस्य प्रमोद गुप्ताले कलैयाको लागि मोन्टेसरीको आवस्यकता रहेको बेला यो उदघाटनले त्यसको आवस्यकता पूरा भएको बताए । कलैयाको मुटुमा स्थापना भएको बिधालयको भबिस्य पनि रहेको विभिन्न आधार रहेको बताए ।

पुर्व बिधायक पारस साहले देश अहिले आर्थिक समस्याले गुज्रीरहेको बेला आउने दिनमा ब्यवस्थापन राम्रो भए कलैयाको एक नम्बर बिधालय बन्ने बताए । साहले देशको नेतृत्व अहिले राम्रो हातमा परेको बताएका छन । हामी हाम्रो बेला पिटाएर शिक्षा हासिल गरेका थियौ तर अहिले खेलाएर शिक्षा दिनुपर्ने समय आएकोले सो बमोजिम शिक्षा दिन बिधालय प्रशासन सङ्ग आग्रह गरे ।

माओवादी युवा नेता एवम कुश्ती संघका केन्द्रिय उपाध्यक्ष मुकेश साहले सम्बोधन गर्दै बिधालयको स्थापना आफैमा राम्रो शुरुवात भएको बताएका छन । खसगरी कलिलो उमेरमा बच्चालाई तपाईहरुले जसरी बनाउन चाहनुहुन्छ त्यसैगरी बन्छ त्यसैले पुर्ण रुपमा बच्चाहरुलाई नैतिक शिक्षा दिन आग्रह गरेका छन । आज को युगमा अब अगाडी बेन्चमा बसेर पढ्ने ले मात्रै राजनिती गर्न सक्ने बताएका छन । पहिला पहिला मात्र पछाडि को बेन्चमा बस्नेले राजनिती गर्ने

कार्यक्रममा वडा नम्बर ४ को अध्यक्ष रामेश्वर यादव,शिक्षक मोतिलाल जयस्वाल,काङ्ग्रेस वडा नम्बर ४ को बुथ सभापती रबि गुप्ता,अभिषेक साह,वडा नम्बर १ का वडा सदस्य शशी दास सहित अभिभावक तथा नगरबासिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सन्चालन अन्कुष ब्याहुतले गरेका थिए भने स्वागत मन्तव्य बिधालयका सदस्य अर्जुन कलवारले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर