साजिर मन्सूर
कलैया,चैत १६

बारा सदरमुकाम कलैयामा सुबिधा सम्पन्न आधुनिक किसिमको खाजा नास्ताको लागि कटिया स्टेशनको आज उदघाटन गरिएको छन । जिल्ला समन्वय समिति बाराको प्रमुख नरेन्द्र साहले रिबन काटेर कटिया स्टेशनको उदघाटन गरेका छन । उदघाटन गर्दै प्रमुख अतिथि साहले बाराको सदरमुकाम कलैया देशमै मासुको सेकुवा र कटिया सहित खाजा नास्ताको लागि प्रख्यात रहेपनी आज सम्म काठमाडौं र पोखरा जस्ता शहरमा रहेका होटल जस्ता सुबिधा यहाँ नभएको समयमा कलैयाका दुई होनहार दाजुभाईले लाखौको लगानिमा होटेल स्थापना हुदा आफुहरु अत्यन्तै खुशी भएको बताएका छन । खासगरी अहिलेको समयमा युवा जमात वैदेशिक रोजगारीमा देश बाहिर जाने होडबाजी चलेको साथै देशको आर्थिक अवस्था नाजुक भएका बेला पनि ठूलो आट गरि सदरमुकाम कलैयाको बिकासमा कटिया स्टेशनको योगदान अतुल्य हुने उनले बताएका छन । देशका विभिन्न शहरबाट विश्व प्रसिद्द मन्दिर गढिमाई दर्शन गर्न आउने धार्मिक तथा आन्तरिक बाह्य पर्यटकका लागि स्वादिलो एवम माग बमोजिमको विभिन्न परिकार कटिया स्टेशनले उपलब्ध गराउने कुराले आफू अत्यन्तै हर्षित भएको बताएका छन । दुई जना सन्चालक युवा सन्जय गुप्ता र सरोज साह दाईभाईले सन्चालन गरेको यो सेवामुलक ब्यवसायबाट अन्य थुप्रै युवाहरुमा आशा र भरोसा पलाउने आफुले बिश्वास लिएको बताए ।
संचालक दुई दाईभाईका बुवा शिवनाथ साह कानुले समेत बारा घुम्न आउने वा विभिन्न किसिमका पार्टी,सेमिनार,बर्थ्डे सेलिब्रेसन,एनिबर्सरी सेलिब्रेशन,ईङेज्मेन्ट लगायतका सबै सुभ कार्य समेत गर्न मिल्ने खालका हल सहितको सुबिधा सम्पन्न कटिया स्टेसन खोल्ने छोराहरुको योजना बाट आफू अत्यन्तै खुशी भएर लगानी गरेको बताए । कानुले सबै जिल्लाबासिको सहयोग र साथले अझ आधुनिक किसिमले यसलाई बढाउदै लैजाने जानकारी गराए ।
यता सन्चालक सरोज साहले कटिया स्टेशनमा मिटिङ्ग हल,सेपेरेट केबिन,फ्यामिली केबिन समेतको उपलब्धता रहेको बताए । साहले हामिले घर अफिस आदि ठाउमा होम डेलिभरी सुबिधा समेत उपलब्ध गराउने बताएका छन ।
अर्का सन्चालक सन्जय गुप्ताले उदघाटन भएको अवसरमा आज फूडमा १५ प्रतिशत छुट,दुईटा ठूलो बियरमा एउटा सानो बियर फ्री र चैत्र १७ गते देखि २० गते सम्म ग्राहकका लागि १० प्रतिसत छुट गरिएको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार