साजिर मन्सूर
कलैया,चैत्र १८
पुर्व प्रदेस सभा सदस्य एवम जसपा केन्द्रिय सदस्य पारस साहले आफ्नो पिता स्वर्गीय बनारसी लाल साहको छैठो स्मृति दिवसका अवसरमा स्मृति रक्तदान कार्यक्रम को आयोजना गरेका छन । कलैया ४ स्थित आफ्नै निवास अगाडी एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड को सामने आयोजना गरिएको रक्तदानमा युवाहरुले उल्लासपुर्ण सहभागीतामा रक्तदान गरिरहेको साहका स्वकिय सचिव सुजित पान्डेले जनाएका छन ।
खासगरी कलैया अस्पतालमा स्थापना भएको ब्लड बैंक मा रगत अभाव देखिएको आफुनिर कुरा आएपछि रक्तदान गर्न लागेको पारस साहले जानकारी गराए । सन्सारको सबभन्दा पुन्य कर्म मध्येको एक यो कार्य गर्दा मानवले रगतको अभावमा ज्यान गुमाउन नपरोस भनेर यो कर्म गर्दै आएको बताए । समाजमा असलकाम गर्न आफ्नो आमा बुवाको को नामले विभिन्न समाजिक कार्य गर्न सकिने उदाहरण दिएका छन ।
पारस साहले आफ्नी आमा द्वारा उक्त कार्यक्रम को उदघाटन गराएर रक्तदान शुरु गराएका थिए ।
नागरिकको अकालमा रगतको अभावले ज्यान जान नपरोस भन्दै कलैया ब्लड बैंकको लागी रक्तदान कार्यक्रमको आयोजना गरेकोमा समाजिक अगुवा महमद सगिरले साहलाई धन्यवाद दिए ।
अहिले जारी रक्तदानमा हालसम्म ४५ जनाले रक्तदान गरिसकेको र रक्तदान जारी रहेको पान्डेले जनाएका छन ।
सो अवसरमा सम्बिधान सभा सदस्य प्रमोद गुप्ता,कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह,कलैया अस्पताल का सन्चालक समिती अध्यक्ष प्रकाश चौगाई,गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,वडा नम्बर ३ का अध्यक्ष मोहन कानु,वडा नम्बर ६ का अध्यक्ष राम्बिश्वास ठाकुर,वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,प्रादेशिक कलैया अस्पताल का मेसु डा.अजय गुप्ता,नगर सभा सदस्य शशी दास,माओवादी नेता मुकेश साह,काङ्ग्रेस युवा नेता प्रबिण पटेल,जसपा युवा नेता शम्भु गुप्ता,ब्लड बैंक कलैयाका प्रमुख राजाबाबु गुप्ता, भद्रभलादमिहरुको उपस्थिति रहेको थियो ।