कलैया – हुण्डी कारोबारमा संलग्न दुईजनालाई बारा प्रहरीले अबैद्ध रु १३ लाख ५० हजारसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका वडा १ बनकटवा बस्ने ३४ बर्षीय हरिकिशोर प्रसाद पटेल र बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बस्ने रमेश प्रसाद कुशवाहा रहेको बाराका डिएसपी दधिराम न्यौपानेले बताउनुभयो ।
भारतबाट नेपाल आउदै गरेको प्र २-०३-०१६ प २३३७ नम्बरको मोटरसाईकललाई विश्रापुर गाउँपालिका वडा नम्बर ४ मुसहर्वामा रोकेर चेकजाँच गर्दा श्रोत नखुलेको १३ लाख ५० हजार रुपयाँसहित चालक पटेल र कुशवाहालाई पक्राउ गरिएको डिएसपी न्यौपानेले जनाउनुभयो ।
-प्रीयंका दास







