कलैया– भोलि बुधबार मधेश प्रदेशमा सार्वजनिक विदा नरहेन भएको छ । भोलि रामनवमीको दिन मधेशमा सार्वजनिक विदा नरहेको मधेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्रालयका उप– सचिव एवम प्रवक्ता उतम प्रसाद पोखरेल प्रष्ट पार्नुभएको छ ।
“मदेश प्रदेश सरकारद्वारा मिति २०७९ साल चैत्र २० प्रकाशित प्रदेश राजपत्रको भाग ३ मा वि.सं.२०८० को सार्वजनिक विदा प्रकाशन भएकोमा वि.सं. २०८० चैत्र २१ गते रामनवमीको बिदा वि . सं २०८१ बैशाख महिनामा पर्न गएकोले मिति २०७९/१२ / ३० गतेको मधेश प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सुचना अनुसार मिति २०८० चैत्र २१ गते बुधबारका दिन रामनवमीको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ ’’ मन्त्रालयको सुचनामा उल्लेख छ ।

– प्रियंका दास







