साजिर मन्सूर
कलैया,चैत्र २०
रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रीज प्राली श्रीपुर मनहर्वाका ईक्स्क्युटिभ डाईरेक्टर शैलेन्द्र गुप्ताले यो सिजन २३ लाख ६५ हजार १ सय २१ क्विन्टल उखु क्रसिङ्ग गरिएको जानकारी गराएका छन । आज चिनिमिलमा पत्रकारहरु सङ्ग कुरा गर्दै गुप्ताले ७ हजार ९ सय ८० किसानको ९ हजार ३ सय बिघा जग्गामा लगाईएको उखुमा सो परिणाममा क्रसिङ्ग गरिएको बताएका छन । आर्थिक बर्ष २०८०/०८१ मा मात्र उखु किसानहरुले रिलायन्स चिनिमिलबाट मात्र रु. १ अर्ब ३२ करोड ४२ लाख २० हजार भुक्तानी गरिसकिएको जनाएका छन । उनले खाता नखोलेका ७१ जना उखु किसानको मात्र भुक्तानी बाकी रहेको र वहाहरुले खाता नम्बर उपलब्ध गराउने बितिकै खातामा रकम जाने समेत भने । ३० लाख क्विन्टल क्रसिङ्ग गर्ने कम्पनी को लक्ष्य भएपनि केही किसानहरुले सस्तो र छणिक स्वार्थ का कारण अन्य मिलमा उखु लगेकाले लक्ष्य भेटाउन नसकेको र त्यसबाट ती किसानहरुलाई नै घाटा भएको किसानहरुले नै पछुतो गरिरहेको आफुले जानकारी पाएको बताएका छन ।
सोही अवसरमा मिल सन्चालक तथा सम्बिधान सभा सदस्य राजकुमार गाडियाले सोझासाझा किसानलाई फकाएर विभिन्न प्रलोभनमा पारी केही चिनी मिलले ठगिरहेको आरोप लगाएका छन । गुप्ताले त्यस्ता ठगहरुलाई कानुन ले कडा कार्वाही गर्नुपर्ने बताएका छन । रिलायन्स चिनिमिल देशकै सबै भन्दा लोकप्रिय एवम उखु किसानको पहिलो रोजाई भएको बताइदै हाम्रो पेमेन्ट सिस्टम एक दमै राम्रो भएको र उखु मिलमा आएको १५ दिन भित्र किसानलाई पेमेन्ट गर्ने गरेको बताएका छन । उखु किसान सङ्ग केवल उखु मात्र लिने अनि नाता नराख्ने नभैइ हामीले किसानलाई मल खाद बीउ सङ्गै परेका बखत सापट समेत दिएर काम गर्दै आएको र यो हाम्रो लागि महत्वपूर्ण रहेको बताएका छन । उखु किसानले हामिले सुझाए अनुसार खेती गर्न सके वहाहरुको आर्थिक अवस्था अत्यन्तै राम्रो हुने ठोकुवा समेत गरेका छन । यदि सरकारले एरिया छुट्याएर किसानलाई उखु तोकिएको मिलमा मात्र लग्न नीति बनाईदिए त्यसले उखु किसान सङ्गै समग्र राज्यलाई नै फाईदा पुग्ने र देश लाई चिनी आयात गर्नु नपर्ने बताए ।







