साजिर मन्सूर
कलैया,चैत्र २४

बारा कुखुरा ब्यवसायी संघ बाराको चौथो जिल्ला अधिवेशनको सदरमुकाम कलैयामा उदघाटन गरिएको छ । कलैया ५ स्थित नेपाल रेडक्रस सोसाइटी बाराको प्राङ्गणमा प्रमुख अतिथि नेपाल सरकारको कृषि तथा पशुपन्छी बिकास मन्त्री माननीय ज्वाला साहले दिप प्रज्वलन गरि उदघाटन गरेकी हुन । मन्त्री साहले कुखुरा ब्यवसायीहरुको मागका बारेमा आफुहरु गम्भीर रहेको र उचित मागलाई सम्बोधन गर्न पहल गर्ने बताएकी छन ।

अधिवेशन प्रतिबेदन प्रस्तुत गर्दै संघ बाराका अध्यक्ष गोबिन्द पौडेलले २०६७ साल मङ्सिर १९ गते स्थापना भएको संघलाई सबल नेतृत्व सङ्गै अगाडी बढिरहेको जानकारी गराए । ४० जना कुखुरा किसानले शुरु गरेको यो अभियानलाई निरन्तर अगाडी बढाउदै लगिएको छ । बिना लगानिका बिचौलिया धनी बन्दै गएको तथा दाना,चल्ला,महँगो मा ल्याउनुपर्ने,उत्पादित कुखुरा सस्तोमा बिक्रि गर्नुपर्ने भएकाले किसान हासी खुशी र सुखी हुन नसकेको तितो सत्य पोखेका छन ।
यस अवधिमा संघले गरेका कार्य र अब गर्नुपर्ने कार्यभारहरुको सन्दर्भमा पौडेलले बुदाँगत रुपमा प्रस्तुत गर्दै

१. जिल्ला संघ वाराको पहलमा बारा पर्सा, रौतहटका संघका साथीहरुसंग अन्तरक्रिया गरी समस्या हल गरिएको ।
२. नविकरण आन्तरीक लेखा परिक्षण कार्य सम्पन्न ।
३. व्यवसायीय क्षेत्रका साथीहरु बीच देखिएका समस्या समाधानमा प्रयत्न र पहल गरिएको थियो ।
४. खुला सीमानाको कारण अवैध रुपमा भित्रिने कुखुरा रोकथामको लागि अनुगमन र विभिन्न निकाय संग समन्वय गरिएको थियो ।
५. टिभि रेडियो, पत्रपत्रिका मार्फत चेतना मुलक कार्य सञ्चालन भएको छ ।
६ . संघको नाममा कृषी विकास बैंकमा खाता खोलि कार्य सञ्चालन गरिएको छ ।
७. संघको पहलमा विभिन्न समयमा सीमा नाका र पथलैयामा कुखुराको गाडी चेक जाँच गरिएको थियो ।
८. कुखुरा पालक किसान, सप्लायर्स, खुद्रा व्यवपारी बीच देखिएका समस्या समाधानको लागि उद्योग वाणिज्य संघको हल कलैयामा अन्तकृया गरिएको थियो ।
९. कार्यालय व्यवस्थापनको लागि फर्नीचर खरिद गरिएको छ
१०. खुला बोर्डरको कारण भित्रिने अवैध कुखुरा रोक्न जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा डेलिगेसनका कार्य बेला बेलामा गरिएको थियो । ११. संघका तर्फबाट विभिन्न संघ सस्थाहरुलाई सहयोग गरिएको छ
१२. विभिन्न समयमा किसानहरुलाई तालिममा सहभागी गराएको थियो ।
१३. संघको मिटिङ्ग जिल्लाको विभिन्न ठाँउमा राखे गरिएको छ ।
१४ . विभिन्न संघ सस्था संग समन्वय र सहकार्य गरिएको छ ।
१५. बेला बेलामा घुम्ति शिविर सञ्चालन गरिएको थियो । बताए
यस्तै आगामी गर्नुपर्ने कार्यहरुमा उनले
१. जिल्ला संघको व्यवस्थापन संगै पालिका स्तरीय समिति गठन गर्नुपर्ने ।
२. संघका विभिन्न समितिमा किसानहरुलाई मात्र सहभागी गराउनु पर्ने ।
३. कार्यालयलाई व्यवस्थित गर्नुपर्ने ।
४. उत्पादन वृद्धि र बजार व्यवस्थापनमा जोड दिनुपर्ने ।
५. किसानहरुलाई व्यवसायीक इमान्दारी बनाउन ध्यान दिनुपर्ने ।
६. स्वास्थ्य सम्बन्धी चेतना मुलक कार्य सञ्चालन गर्नुपर्ने ।
७. व्यवसायीक किसानहरुको लागत संकलन र व्यवस्थापन गर्नुपर्ने ।
८. घुम्ति शिविर निरन्तर सञ्चालन गर्नुपर्ने ।
९. खुल्ला वोर्डरको कारण भित्रिन सक्ने अवैध कुखुरा रोक्न सरोकार निकाय संग नियमित समन्वयगर्नुपर्ने ।
१०. तालिम, छलफल, चेतना मुलक कार्य सञ्चालन गर्नुपर्ने ।
११. अनुदान र प्रविधि हस्तान्तरणको लागि पहल गर्नुपर्ने ।
१२. संघलाई व्यवस्थित बनाउन दिगी आर्थिक श्रोतलाई जोड दिनुपर्ने ।
१३. संघको आफ्नै भवन बनाउन जग्गा उपलब्ध गर्नुपर्ने ।
१४. संघको बैटक, भेला छलफल निरन्तर रुपमा गर्नु पर्ने ।
१५. आर्थिक पारदर्शिता र खर्चमा मितव्ययिता अपनाउनु पर्ने १६. विभिन्न सरोकारवाला निकायसंग समन्वय गर्नुपर्ने ।
१७. किसानहरुलाई दुर्घटना विमा गर्न अभिप्रेरित गर्ने । लगायतका योजना अगाडी सारेका छन ।

हाल संघमा ३७० जना सदस्य रहेको बारा कुखुरा ब्यवसायी संघका बरिस्ठ उपाध्यक्ष कुन्दन घिमिरेले जानकारी गराए । उनले संघका समस्त सदस्यको हकहितका लागि आफुहरु लागिपरेको बताएका छन ।

संघका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको अधिवेशनमा पशु क्वारेन्टाइन पर्साका डाक्टर हरेराम यादव,पशु क्वारेन्टाइन कलैयाका रामाधार साह,भरत बहादुर खड्का,सल्लाहकार रामबाबु यादव,मुनिक मिया,
कलैया उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष किशुन यादव लगायतकाको उपस्थिति रहेको थियो ।

संघको कोषाध्यक्ष सिमा ठकुरीले उपस्थित अतिथिलाई गम्छा लगाएर स्वागत गरेकी थिईन ।
महासचिव सुदेश गुप्ताले स्वागत गरेको कार्यक्रमको सन्चालन लेखा समिती सम्योजक रबिन्द्र भन्डारीले गरेका थिए ।
आजै बन्द शत्रले नया कार्यसमिति चयन गर्ने संघले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर