साजिर मन्सूर
कलैया,चैत्र २७

नेपाल बिद्यार्थी संघ बाराको जिल्ला कार्यसमितिका सदस्यहरुलाई स सम्मान प्रमाणपत्र बितरण गरि नया बर्ष २०८१ को सुभकामना आदानप्रदान सम्पन्न भएको छ । कलैया ४ मा रहेको तेलि कल्याण सदनको भवनमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति बाराको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बक्ताहरुले नया बर्ष २०८१ को सबै नेपालिमा सुख शान्ती समृद्धि को कामना गरेका छन ।
नेपालको हरेक सकारात्मक परिवर्तनमा नेपाल बिद्यार्थी संघको अहम भुमिका रहेको प्रमुख अतिथि काङ्ग्रेस बाराका सचिव एवम नेबि संघको केन्द्रिय सह महामन्त्री राजेश रौनियारले बताए । रौनियारले सबैलाई जोड्ने देश र देशलाई जोड्ने काङ्ग्रेस भने जस्तै काङ्ग्रेस लाई जोड्ने र बलियो बनाउने नेबि संघ भएको बताए । उनले नेबि संघ भनेको कसैको पेवा नभैइ आम नेपालिको आशा र भरोसा बोकेको संगठन भएकोले यसमा कसैले आफ्नो स्वार्थ नदेख्न चेतावनी दिए । रौनियारले आफुहरु बच्चाकाल देखि देशको शान्ती र प्रजातान्त्रिक युगको लागि विभिन्न लडाई लडेकाले नेबि संघ प्रती लगाव माया र स्नेह भएको बताउदै बिरासतमा राजनिती पाएकाहरु यसको गलत ब्याख्या गर्दै हिडेकोले त्यसताहरु सावधान र आफ्नो सिमामा रहन चेतावनी दिए । नेबि संघमा काम गर्ने ले मात्र आफू नेबि संघ भएको भन्न पाउने आट गर्छन कसैको झोला बोक्ने र कसैको दलाली गर्ने हरुको यो संस्था नभएको हेक्का रहोस भनेर भने । उनले नया साल र ईदको सुभकामना समेत दिए ।

नेबि संघ बाराका पुर्व अध्यक्ष एवम काङ्ग्रेस नेता बिरेन्द्र यादवले २०४६ सालको आन्दोलनमा सबैभन्दा बढि भुमिका खेलेको स्मरण गरे । २०६३ को जन आन्दोलनमा पनि नेबि संघले गरेको योगदानलाई बिर्सन नसकिने बताए । नेबि संघलाई कागजमा मात्र नराखी काम गर्ने समुहलाई मान्यता दिन माग गरे । नया बर्ष र ईदको सुभकामना व्यक्त गरे ।

काङ्ग्रेस नेता बिजय गुप्ताले नेबि संघ भनेको काङ्ग्रेस को जड उत्पादन गर्ने थलो भएको बताए । हाल नेपालको राजनितीमा नेबि संघ को नेतृत्व ले नेतृत्व गरिरहेको तर्फ ध्यानाकर्षण गराए । नेपाली काङ्ग्रेस भित्रको बिकृती बिसङ्स्ती हटाउन पनि नेबि संघको भुमिका हुनुपर्नेमा जोड दिए । देशमा काङ्ग्रेसको बिकल्प नभएको बताए । काङ्ग्रेस बारालाई गुट उपगुट बाट छुटाएर एक बनाउन नेबि संघले जिम्मेवारी लिनुपर्ने बताए ।

नेबि संघमा झोले र आशिर्वादले आएका कसैलाई पनि हामिले अब न स्विकर्ने नेबि संघका नेता एवम काङ्ग्रेस जिल्ला कमिटी सदस्य अफ्तर मन्सूरले बताए ।

सो अवसरमा नेबि संघका पुर्व अध्यक्षहरु जङ्गबहादुर चौरसिया,बिरेन्द्र यादव र राकेश पान्डेलाई कदर पत्रले सम्मानित गरिएको थियो ।
नेपाल बिद्यार्थी संघ बाराको अध्यक्ष प्रबिण सिंहको अध्यक्षता एवम नेपाली काङ्ग्रेस बाराका सचिव एवम नेबि संघका पुर्व केन्द्रिय सहमहामन्त्री राजेश रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा काङ्ग्रेस मधेस प्रदेश सदस्य राजेश सिंह,काङ्ग्रेस बारा निर्वाचन छेत्र नम्बर ३ का पुर्व सभापति फुलमहमद मन्सूर,नेबि संघ बाराका पुर्व अध्यक्ष एवम काङ्ग्रेस नेता बिरेन्द्र यादव,काङ्ग्रेस नेता एवम रामराजा क्याम्पसका अध्यक्ष जङ्गबहादुर चौरसिया,नेबि संघ का केन्द्रिय सदस्य हरिओम कुमार साह,नेबि संघ बाराका पुर्व अध्यक्ष राकेश पाण्डे,काङ्ग्रेस नेता बिजय गुप्ता सहितका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रभात सिंहले सन्चालन गरेको कार्यक्रममा स्वागत नेबि संघ बाराका बरिस्ठ उपाध्यक्ष बिनयराज शर्माले गरेका थिए । शर्माले जिल्ला अधिवेशन गर्न नेबि संघले विभिन्न क्याम्पस मा संगठन बनाउन लाग्नुपर्ने बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर