साजिर मन्सूर
कलैया,बैशाख २०

फेटा गाउपालिकामा नागरिक आरोग्य सेवा केन्द्को मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले उदघाटन गरेका छन ।
फेटा गाउपालिका वडा नम्बर ३ स्थित धर्मशालाको डिलमा रहेको निमहा पोखरीको घाटमा मन्त्रीले उदघाटन गरेका छन ।
उदघाटन गर्दै मन्त्री सिंहले नागरिक आरोग्य सेवा केन्द्रको स्थापनाले मधेशका नागरिक स्वस्थ बन्ने योजना आफुहरुको रहेको बताए । सन्सारको सबै भन्दा ठूलो धन नै स्वास्थ्य भन्दै स्वस्थ्य शरिरका लागि आरोग्य सेवा केंद्रले महत्वपुर्ण भुमिका खेल्ने बिश्वास का साथ कार्यक्रम बिस्तार गर्दै गएको बताए ।

oplus_2


गाउपालिका अध्यक्ष रुस्तम अन्सारीले मन्त्री सिंह सङ्ग फेटा गाउपालिका को स्वास्थ्य छेत्रका लागि आवस्यक सहयोग दिन कन्जुस्याइँ नगर्न आग्रह गर्दै आफुले यो मन्त्री सङ्ग सबै सहयोग पाउने बिश्वास लिएको बताए ।

प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराको आयोजना सो उदघाटन समारोह सम्पन्न गरिएको बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले जनाएका छन । सेवा केंद्र सन्चालनमा आएपछि यस पालिकाका जनताले स्वस्थ रहन दैनिक योगाभ्यास गराईने,असल खानपान सम्बन्धि जानकारी,स्तनपायी आमालाई आवस्यक सल्लाह का साथै आधारभुत निशुल्क स्वास्थ्य सेवा दिईने प्रादेशिक आयुर्वेद तथा चिकित्सालय कलैया बाराको प्रमुख डा.पुनिता केशरीले बताईन ।
केशरीले वडामा गएर स्वास्थ्य सम्बन्धि डाटा संकलन गरि स्वास्थ्य चेकजाँच गर्ने लगायतका कार्य समेत सन्चालन गरिने जनाएकी छन । सरकारको नीति अनुसार जनतालाई स्वस्थ बनाउन उदेश्य ले प्रत्येक पालिकामा आयुर्वेद को सेवा पुर्याउन यो उदघाटन गरिएको बताईन । स्वस्थ रहन के के गर्नुपर्ने हो ती सम्पुर्ण को ग्यानका लागि यो केंद्रले जनतालाई जानकारी गराउने बताईन। रोग नै लाग्न नदिन के के गर्नुपर्नेमा जनचेतनामूलक कार्यक्रम गर्नु पनि यो केंद्र को उदेश्य हुने उनले बताईन । आयुर्वेद चिकित्सा चेत्रको बारे आम जनतालाई जानकारी गराउने कार्य प्रमुखताका साथ अगाडी बढाईने बताईन । आउदो आव मा यो केन्द्र को लागि आवस्यक बजेट छुट्याउन आग्रह गरिन ।

कार्यक्रमका बिशिस्ट अतिथि एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले आयुर्वेदको शाखा स्थापनाले आफू खुशी भएको बताए । उनले आजको ब्यस्त जीवन शैलिमा कसरी स्वस्थ रहने त्यसका लागि यो केन्द्र अत्यन्तै महत्वपूर्ण योगदान दिने आफुले बिश्वास लिएको बताए । उनले कोरोना कालमा डाक्टर भन्दा बढी गाउँ घरका स्वास्थ्यकर्मी सिएमए,स्वयंसेविकाहरुले बढी नागरिक प्रती जिम्मेवारी बहन गरेको बताए ।

oplus_2


स्वास्थ्य शाखा प्रमुख राम मनोहर साहले पालिकाको समस्त स्वास्थ्य सेवा प्रवाहका बिषयमा जानकारी गराउदै आवस्यक सामग्री तथा भौतिक संरचनाको लागि मन्त्री समक्ष ध्यानाकर्षण गराएका थिए । साहले फेटा गाउपालिकाको ३० हजार जनसंख्या लाई हामिले स्वास्थ्य सेवा सहज पुर्याउन काम गरिरहेको बताए । फेटामा ८ वटा स्वास्थ्य संस्था,४ स्वास्थ्य चौकी,३ आधारभुत स्वास्थ्य ईकाई र १ वटा सामुदायिक स्वास्थ केंद्र भएको बताए ।२ वटा बर्थिङ्ग सेन्टर र १ वटा ल्याब सन्चालनमा रहेको बताए । गर्भवती महिलाका लागी जेठ महिनाको पहिलो हप्ता देखि भिडियो एक्सरे सेवा पनि उपलब्ध गराउने तैयारी रहेको बताए । साहले फेटामा १५ शैयाको अस्पताल बनिरहेको पनि बताए ।

फेटा गाउपालिकाका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउपालिका उपाध्यक्ष निलम साह, प्रमुख प्रसासकिय अधिकृत कमलेश कुमार मिश्र,वडा अध्यक्षहरु नरेश प्रसाद,वकिल यादव,अयुब अन्सारी ,अमिर हम्जा ठकुराई,पप्पु सिंह ईन्जिनियर जाकिर हुसेन अन्सारी,
एमाले बारा जिल्ला कमिटी सदस्य पुरुशोतम साह,एमाले फेटा अध्यक्ष बच्चा गिरि,रास्ट्रीय युवा संघ बाराका अध्यक्ष सदाम अन्सारी,रामचन्द्र यादव,रास्ट्रीय युवा संघ कलैया नगर सचिव बिक्की साह,लेखा शाखा प्रमुख भोला प्रसाद यादव,शिक्षा शाखा प्रमुख अलिमहमद अन्सारी सहितकाको उपस्थिति रहेको थियो ।
शहदेव पन्डितले सन्चालन गरेको कार्यक्रममा स्वागत होमियो पैथिक चिकित्सक मुन्ना कुश्वाहाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार