साजिर मन्सूर
कलैया,बैशाख २३
मान्डवी संस्थाले शुरु गरेको शि लिड्स परियोजना द्वारा महिला जनप्रतिनिधि र पत्रकारहरु बिच अन्तरक्रिया सम्पन्न भएको छ । रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित गौतम होटेलमा अन्तरक्रिया गरिएको थियो ।
महिला नेतृत्व बिकासका लागि मिडियाको भुमिका के के हुन सक्छ भन्ने बिषयमा समेत छलफल गरिएको अन्तरक्रियामा लैङ्गिक संवेदनशील रिपोर्टिङ,सञ्चारमाध्यमले लैङ्गिक संवेदनशील रूपमा रिपोर्ट गर्ने उपायहरु,महिला जनप्रतिनिधिहरुको कामलाई प्रोत्साहत गर्ने संचार माध्यमको भुमिका जस्ता बिषयमा छलफल गरिएको सहजकर्ता शि लिड्स महिला नेतृत्व कार्यक्रम को सम्योजक मुनिलाल बैठाले जानकारी गराए ।
अहिलेको समयमा महिलाको आवाजलाई ध्यान नै नदिने परम्पराले समेत महिला पछाडी पर्दै गएको पुर्व परराष्ट्र मन्त्री बिमला राई पौडेलले बताईन ।
घरमा महिलाले बच्चा स्यार्ने देखि सबै सदस्यको हरेक ख्याल राख्दा मात्र पुरुष बाहिर गएर हरेक छेत्रमा निर्धक्क काम गर्न सकेको बताईन ।
अस्ट्रेलियन एड र स्विस सरकार बिकास सहयोग एसडिसीको आर्थिक सहयोग तथा आइ एफ ई एस को प्राबिधिक सहयोगमा अन्तरक्रिया सम्पन्न भएको हो । उक्त अवसरमा बारा रौतहट,धनुषा,सर्लाही र महोत्तरी जिल्लाका गरि २५ जना महिला जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको संस्थाका कार्यक्रम संयोजक राजु साहले जानकारी गराए ।
१ दिने अन्तरक्रिया कार्यक्रममा आई एफ ई एसको उप निर्देशक राधिका रेग्मी,रिता राई,मिना भट्ट,शि लिडस परियोजना बाराको कार्यक्रम सम्योजक राजु साह, सहजकर्ता रामाज्ञा साह लगायतकाको उपस्थिति थियो ।