विश्वास डेस्क
बारा ,भदौ ११। भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो भौतिक क्षति भएपछि छिमेकी मुलुक भारतले नेपाललाई मानवीय सहयोग तीव्र बनाएको छ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार भारतले दुई चरणको राहत सामग्री नेपाल पठाइसकेको छ। बाढीले विभिन्न क्षेत्रका २२ पक्की र ५ वटा बेलिब्रिज बगाएपछि अवरुद्ध बनेको यातायात सहज बनाउन नेपालको मागबमोजिम भारतले बेलिब्रिज पठाउने तयारी गरेको छ।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्ष बालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै संकटको घडीमा पूर्ण सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए। यस्तै, बाढीका कारण हालसम्म सम्पर्कविहीन रहेका २८८ जना भारतीय नागरिकको खोजी तथा उद्धार कार्य पनि तीव्र पारिएको विदेश मन्त्रालयले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर