![]()
विश्वास डेस्क
११ भदौ
काठमाडौँ। नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशन रोक्नुपर्ने माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले दायर गरेको पूरक निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको तीन सदस्यीय पूर्ण इजलासले महाधिवेशन रोक्ने माग तत्काल स्वीकार नगरेको हो। सर्वोच्चको यो आदेशसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेस संस्थापन पक्षलाई आगामी असोज १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशनका नियमित दलीय गतिविधिहरू अघि बढाउने बाटो खुला भएको छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







