साजिर मन्सूर 

कलैया,बैशाख २९

कलैयाको चर्चित बाल एकता सेकेन्डरी स्कुल प्लस टु बिज्ञान तथा ब्यवस्थापन कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई बिदाई गरेको छ । करण राज पार्टी प्यालेस कलैयामा आयोजना गरिएको सम्मान तथा बिदाई कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ८० जना छात्रछात्राहरुलाई बिदाई गरिएको कलेजका प्लस टु कोर्डिनेटर प्रीन्स कुमार सिंहले जनाएका छन ११ र १२ गरि कलेजमा ११० जना छात्रछात्राहरु अध्ययन गरिरहेको सिंहले जनाएका छन ।

कलेजले आफ्नो सो कक्षाको तेश्रो ब्याचको बिदाई गरिएको कलेजले जनाएको छ । कलेजले यो बर्षदेखि अझ अध्ययन सिकाईलाई डिजिटल बनाउने जनाएको छ ।

प्रमुख अतिथी कलैया उपमहानगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका अधिकृत बिजय अधिकारीले बिद्यार्थीहरुको सफलताको कामना गर्दै देशका लागि योग्य दक्ष बन्न सबैमा सुभकामना गरे । अधिकारीले १२ पछि बजारमा यहाहरुले आफ्नो दक्षता बेच्न सक्नुपर्नेमा जोड दिदै सामान्य बिद्यार्थीलाई अब्बल ले उछिन्ने गरेकाले सब जना अब्बल बन्नुपर्ने बताए । यस्तो अवस्थामा बाल एकताले सन्चालन गरेको सन्कायहरु उत्कृष्ट रहेको र पालिकाले आवस्यक प्राबिधिक सहयोग सहयोग उपलब्ध गराउने बताए ।

कलेजले गरेको लगानी र बिज्ञान सन्काय सफलताका साथ सन्चालन गरिरहेकोमा बधाई दिएका छन । नचाहदा नचाहदै बिधालयले आफ्ना बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि बिदाई गर्नु आफैमा दुखद भएपनी यो गर्नैपर्ने प्राकृतिक नियम भएको र यसमा सबै बिद्यार्थीले अब्बल बन्दै बिधालयको नाम उच्च गर्न तर्फ आग्रह गरे ।

 

बिज्ञान सन्कायको कक्षा १२ कि छात्रा अनामिका गुप्ताले बाल एकताले कलैयामा बिज्ञान सन्काय सन्चालन गरेर कलैया सहित बाराका ग्रामीण भेगका छात्राहरुलाइ बिज्ञान सन्काय अध्ययन गर्न्मा महत्वपूर्ण सहयोग गरेको बताईन । गुप्ताले सायद कलैयामा बाल एकताले बिज्ञान सन्काय सन्चालन नगरेको भए आफुले बिज्ञान पढ्न बाहिर जान सक्ने अवस्था नरहेको बताईन । उनले कलैयामा पढ्दा सबै किसिमले समय,पैसा को बचत हुने गरेको बताईन ।

अर्का छात्र राकेश साहले पनि कलैयामा बिज्ञान पढ्न पाउनु आफैमा खुशिको कुरा भएको बताए । यहाँ पढ्दा आफ्नो परिवारका अभिभावकहरुको निगरानिमा रहेर पढ्न पाएको र यसले आफुहरुलाई अत्यन्तै सहज भएको बताए।

कक्षा १२ कै सुमित कुश्वाहाले कलैया सरकारले उच्च शिक्षाको बाताबरण कलैयामा नै निर्माण गराउन सकेको भए अझ राम्रो हुने र आफुहरुले यहि उच्च शिक्षा पाउन सक्थ्यौ भनेर भने ।

 

सोही अवसरमा कक्षा ११ कि उमैरा आलमले पनि मुस्लिम समुदायका छात्राहरूका लागि पनि कलैयामा बिज्ञान अध्ययन गर्न मिलेकोले अत्यन्तै सराहनीय भएको बताईन । बाहिर गएर पढ्न गार्हो हुने बताउदै आलमले यहाँ एकदम राम्रो भएको बताईन । उनले आफैमा बिश्वास गरेर सन्सारलाई जित्न सकिने बताउदै सबैलाई शिक्षा हासिल गर्न आग्रह गरिन ।

दिपावली साहले समेत बाराको एकदम राम्रो शैक्षिक संस्था बाल एकता भएको बताउदै यसमा पढ्न पाउनु खुशिको कुरा भएको बताईन ।

 

बाल एकता प्लस टु साईन्स एन्ड म्यानेजमेन्टका सन्चालक समिति अध्यक्ष भोला सोनारको अध्यक्षता एवम कलैया उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका अधिकृत बिजय अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोर्डिङका सह प्रबन्धक सङ्गिता सरार्फ,प्रीन्स कुमार सिंह,सन्तोश साह,बैजनाथ सर,रेयाज अन्सारी,जमिल अन्सारी,रमेश कुश्वाहा,बिधालयका शिक्षकहरु ,सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको थियो । सुमोध कुमार सरार्फले स्वागत गरेको कार्यक्रमको सन्चालन अनुज श्रीवास्तव,आदित्य पान्डे र राबिया आलमले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर