कलैया , प्रियंका दास

सोमबार दिउसो आएको हावाहुरीसहितको बर्षाले बाराको शिवपार्वती एग्रो प्रालिमा २० लाख बराबरको क्षति भएको छ । जिल्लाको प्रसौनी गाउँपालेका वडा नम्बर ४ स्थित शिव पार्वती एग्रो प्रालिका पर्खाल हावाहुरीसहितक बर्षाले भत्किदा २० लाख बराबरको क्षति भएको हो ।

उक्त एग्रोका सञ्चालक मनोज कुमार गुप्ताका अनुसार १० ईन्च मोटो २० फिट उचाई भएको पर्खाल झन्डै १०० मिटरसम्म भत्किएकोले २० लाख बराबरको क्षति भएको हो । यसैगरी हिजोको हावाहुरीसहित एको बर्षाले बारामा आँपसहित केरा खेतीमा समेत क्षति पुर्याएको किसानहरुले जनाएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर