साजिर मन्सूर 

कलैया,जेष्ठ ६

कलैया मेयर कप दोश्रो सिजन २०८१ को उपाधि माथी भारतको मोतिहारिले कब्जा गरेको छ । आज सिदेस्वर खेल मैदानमा भएको फाईनल खेलमा कलैयालाई मोतिहारिले ७ बिकेटले हराएको हो । टस जितेर पहिले फिल्डिङ्ग गरेको मोतिहारिले कलैयालाई निर्धारित २० ओभरमा ९ बिकेटको छतिमा केवल १२९ रनमा रोकेको थियो ।

जवाफी ब्याटिङ्ग्मा ओर्लेको मोतिहारिले केवल १९.३ ओभरमा ७ बिकेट ले बिजयी लक्ष्य हासिल गरेको अफिसियल  सुदिप चौधरीले जानकारी गराए ।

कलैयाका लागि साहिल पटेल ४२ रन र निखिल सिंह २७ रन बनाए । मोतिहारिको लागि अमित चन्द्राले ३ बिकेट,सकिबुल गनि,आशुतोष पान्डे,अफान गनि र देवाशिश कुमारले एक एक बिकेट लिए ।

 

मोतिहारिको लागि सकिबुल गनिले ७३ रन,सुदर्शन कुमार ३६ रन बनाए । कलैयाको लागि शाहब आलम र कप्तान तृत राज दासले एक एक बिकेट लिए ।

 

बिजेता मोतिहारिलाई प्रमुख अतिथि मेयर बिनोद साहले नगद रु.५० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।

त्यस्तै उप बिजेता कलैयालाई कृकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया र कलैया क्रीकेट क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूरले संयुक्त रुपमा नगद रु.२५ हजार,ट्रफी,मेडल,प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

 

ब्यक्तिगत ७३ रन बनाएर फाईनल जिताएका मोतिहारिका सकिबुल गनि म्यान अफ द म्याच घोषित भए ।

बेस्ट बलर अफान गनि उनले प्रतियोगिता भरी १० बिकेट लिएका थिए।

बेस्ट ब्याटसम्यान गौरका बिजय यादव घोषित भए । त्यस्तै प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडी मोतिहारिका सकिबुल गनि

 

प्रमुख अतिथि मेयर बिनोद साहले मोतिहारिका खेलाडी लाई धन्यवाद दिदै बिजेता भएको मोतिहारिलाई बधाई दिए । उनले आफ्नो आन्तरिक बजेटको ४ प्रतिशत खेलका लागि छुट्याउने गरेको बताए ।  साथै अब बाट अझ खेलमा आवस्यक बजेट छुट्याउने आश्वासन दिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार