बारा प्रहरीले बिभिन्न मुद्दाका फरार प्रतिवादी ६ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीको टोलीले नागरिकता मुद्दाका ५ सय रुपैया जरिवाना पश्चात फरार प्रतिवादी महागढ़ीमाई नगरपलिका वडा नम्बर ८ बस्ने ५५ बर्षीय कन्चन महरालाई पक्राउ गरेको छ ।

यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटेको प्रहरीको टोलीले कुटपिट मुद्दामा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमिरा उपमहानगरपालिका वडा नम्बर २१ का ५५ बर्षीय अवधकिशोर यादव र ५३ बर्षिय बच्ची देवी गुप्ता रहेका छन । १२५ रुपैया जरिवाना भएपछी दुवै जना फरार रहेका थिए ।

प्रहरी चौकी अमृतगंजबाट खटिएको प्रहरीको टोलीले लागुऔषध मुद्दामा २ बर्ष १० महिना ४ दिन कैद सजाए पाई फरार रहेका सिम्रौनगढ नगरपालिका १ बैरिया बस्ने ४० बर्षीय बटखरी राय यादवलाई पक्राउ गरेको छ भने प्रहरी चौकी पिपरपातीबाट खटिएको  प्रहरीको टोलीले लुटपिट मुद्दामा ९६२.५० रुपैया जरिवाना भई फरार रहेका पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका ६० बर्षीय लालबहादुर मुखियाबिनलाई पक्राउ गरेको हो ।

यसैगरी प्रहरी चौकी फतेपुरबाट खटेको प्रहरीको टोलीले जालसाजी मुद्दामा २ सय रुपौया जरिवाना भएपछी फरार रहेका जितपुरसीमरा उपमहानगरपालिका वडा नम्बर १३ बस्ने ४५ बर्षिय सुरज राउत अहिरलाई पक्राउ गरेको छ ।

कलैया , बारा – प्रियंका दास  

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार